न्यानो कपडासहित जेष्ठ नागरिक सम्मानित

0
777

गणेश अर्याल/इलाम,

केही कारन भै मात्र चल्छ दुनिया, पितृ सबै जहाँ
कारन छैन भने कसै संग पियार गर्दैन कोही यहाँ

शान्तिपुर चैनपुरेका ७२ बर्षका प्रेमसागर अधिकारी निकै खुसी हुदै कबितामा माथिका पक्ती लयबध्द सुनाए । गाउपालिकाले गरेको सम्मान स्वीकारेपछि उनले खुसीमा यो पत्ती सुनाएका हुन् । ४ साल पुसमा जन्मेको बताउने चित्रकुमारी बस्नेत पनि श्रीमान पुन्य प्रसाद सगै वडा कार्यालयमा पुगेर सम्मान ग्रहण गरेपछि निकै हर्षित मुहारमा देखिइन् ।

सिरक ओडे पनि भित्र चिसो नै हुन्थ्यो । तर अब भित्रबाट यो कम्बल ओडेर बाहिर सिरक ओड्दा त तातो हुने भो मेहरमान राई आफूले पाएको कम्बल देखाउदै भने अव घर पुगेर छिट्टै भात खाएर सुतिन्छ । गाउपालिकाले सम्मानका लागि निमन्त्रण गरेपछि भेला भएका बृध्दबृध्दाहरु एक अर्कामा उमेर छदाको याद र कुराकानी गरेर पनि निकै रमाइलो गरेको पाइयो ।

इलामको रोङ गाउपालिकाले ७० बर्ष उमेर माथिका जेष्ठ नागरिकलाई सम्मान गर्न सुरु गरेपछि वडा नम्बर १ शान्तिपुरमा भेला भएका बृध्द बृध्दाहरु एक अर्कामा रमाइलो गरे । वडा नम्बर १ बाट सुरु गरेको यो कार्यक्रममा गाउपालिकाको सबै वडामा पु¥याइने सामाजिक बिकास समितिका सम्योजक एव वडा नम्बर ५ का वडाअध्यक्ष युवराज खाप्तुवा राइले बताए ।

शुक्रबार वडा नम्बर १ को शान्तिपुर स्थीत वडा कार्यालय मा आयोजित कार्यक्रममा वडाका ६० जना भन्दा बढी बृध्दबृध्दाहरुलाई न्यानो कपडा सहित सम्मान गरिएको थियो । गाउपालिका अध्यक्ष समसेर राईले फुलको गुच्छा सम्मान पत्र सहित न्यानो कम्बल बितरण गर्दै सम्मान गरेका थिए ।

गाउपालिकाको तथ्याङक अनुसार ६ वटै वडामा गरि जम्मा १००० जना जेष्ठ नागरिक रहेका छन् । पहिले बाट गर्न चाहे पनि प्राबिधिक समस्या परिरहेको अवस्थामा बिशेष गाउसभा बाट शीर्षक परिबर्तन गरेर सम्मान गरिएको वडा अध्यक्ष बुध्दीबहादुर ढकालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here