शान्तिपुर माध्यमिक बिद्यालयमा सेनेटरी प्याड

0
1257

गणेश अर्याल / इलाम,

इलामको रोङ गाउपालिका स्वास्थ्य साखाले बिद्यालयमा निशूल्क सेनीटरी प्याड बितरण गरेको छ ।

बिद्यालयमा पढ्ने किशोरीहरुलाइ लक्षित गरी गाउपालिकाले सेनिटरी प्याड बितरण गरिएको स्वास्थ्य साखा का प्रमुख नेत्रप्रसाद पोख्रेलले बताए । गाउपालिकाकोे बिभिन्न बिद्यालयमा यो बितरण कार्यक्रम भइरहेको पोखरेलले जानकारी दिए ।

यसै बिच वडा नम्बर २ को शान्तिपुर माध्यमिक बिद्यालयमा एक सक्षिप्त कार्यक्रम गरी प्याड हस्तान्तरण गरिएको छ । वडा नम्बर १ का महिला सदस्य जयकला चाम्लिङ महिला तथा बालबालिका कार्यालयका साखा प्रमुख रेनुका राईले बिद्यालयका शिक्षिका सुशिला खवासलाई हस्तान्तरग गरिएको थियो ।

छात्रा बिद्यार्थीहरुको बिद्यालयमा हाजिरी दिन बृध्दी गर्न यस प्रकारको कार्यले सहयोग पुग्ने शिक्षिका शुसिला खवासले बताइन् । ’‘धेरै केटी बिद्यार्थीहरु महिनाबारी भएको बेला पढाइ छाडी बिदा मागेर वा भागेर जाने समस्या रहेको छ’ शिक्षिका खवासले भनिन्, —‘बिद्यालयको बालक्लबमा किसोरी समुह बनाएर उनीहरु बाट नै प्याड बितरण र सुरक्षित बिषर्जनको काम गरिने छ ।

त्यसैगरी बिद्यालयका प्रधानाध्यापक प्रेमलाल कार्कीले पहिलो पटक यो कार्यक्रम आएकोमा सकरात्मक प्रभाव पाने बताउछन् । ’कहिले कही ८,९ कक्षा पढ्ने नानीहरु पेट दुख्यो भन्दै बिदा माग्छन् हामी पनि आसय बुज्छौ र घर पठाइदिन्छौ’ —प्रधानाध्यापक कार्कीले भने,–गाउपालिकाले गरेको यो उदाहरणीय कामले पार्ने प्रभावको आधारमा यसलाई निरन्तरता दिइने योजना छ ।

गाउपालिकाको बिशेष गाउसभाबाट पारित योजना अनुसार बजेट बिनियोजन भइ प्याड बितरण कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य साखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here