दुर्गाभिट्टालाई बानियाँको पहलमा २५ लाख

0
469

कचनकवल।

झापाको कचनकवल–३स्थित दुर्गाभिट्टा सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा पर्यापर्यटन विकासका लागि १५ करोड रुपैयाँको डीपीआर तयार गरिएको छ ।

प्रदेश १का सांसद बसन्तकुमार बानियाँको पहलमा उक्त स्थानमा पर्यापर्यटनको विकासका लागि पूर्वाधार क्षेत्र विकास कार्यक्रम अन्तर्गत २५ लाख रुपैयाँ विनियोजन गरिएको छ । दुई सय ५४ हेक्टर क्षेत्रफलमा रहेको दुर्गाभिट्टा वन अन्तर्गत ५ हेक्टरमा सिमसार तथा पर्यटकीय क्षेत्र निर्माण गरिने सांसद बानियाँले बताए ।

यसैबीच उक्त वन समूहको १५औं साधारणसभा शुक्रवार सांसद बानियाँले उद्घाटन गरेका थिए । प्रमुख अतिथि बानियाँले भ्रमण बर्षको अभियानसँगै स्थानीय पर्यटकीय क्षेत्रमा पर्याप्त पूर्वाधार विकासको कामलाई आफूले प्राथमिकता दिएको बताए । धनराज गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा ६० विपन्न परिवारलाई न्यानो कपडा, कम्बल वितरण गरिएको थियो ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष वेदप्रकाश भण्डारी, वन कार्यालय सव डिभिजनका प्रमुख दीपक भण्डारी, वडाध्यक्ष मेखबहादुर भट्टराई लगायतले मन्तव्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here