विनोद सापकोटा / दोमुखा ।

झापाको शिवसताक्षी नगरले आफ्ना नगरमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा एक करोड ७० लाख रुपैयाँको पुर्वाधार निर्माण गर्ने भएको छ ।
यो योजना चालु आवको असार मसान्त सम्ममा निर्माण भईसक्ने छ । संघिय सरकारको संस्कृती पर्यटन तथा उड्यन मन्त्रालय द्धारा विनियोजित पर्यटकीय पुर्वाधार विकास कार्यक्रम अन्तर्गत ९० लाख र शिवसताक्षी नगर सभाबाट निर्णीत ८० लाख रुपैयाँमा नगरको धार्मीक तथा पर्यटकीय सताक्षीधाम र दोमुखामा पर्यटक लोभ्याउने पुर्वाधार निर्माण हुन लागेको हो ।
शिवसताक्षी नगरका प्रमुख चन्द्रकुमार सेर्माले आन्तरिक तथा वाहिय पर्यटकका लागि दोमुखा र सताक्षीधाम १ नम्बर प्रदेसको पहिलो रोजाईको गन्तव्य निर्माण हुने बताए । शुक्रबार नगर प्रमुख शेर्मा सहित वडा नम्बर १० का अध्यक्ष कर्णवहादुर थापा, ११ नम्बर वडाका अध्यक्ष भैरवकुमार श्रेष्ठ,नगरका कार्यवहाक प्रमुख प्रसाशकिय अधिकृत उपसचिव सुरेन्द्र दाहाल, लेखा अधिकृत भिम खवास ,ईन्जीनियर द्धय महेस भण्डारी, कृष्ण राई र योजना साखाबाट दिनेस लुईटेल लगायतको टोलीले दोमुखा र सताक्षीधामको सम्भाव्यता अध्ययन गर्यो ।

नगर प्रमुख सेर्माले दोमुखामा आन्तरिक तथा वाहिय पर्यटकका लागि स्वीमिङ्ग पुल र कनकाई नदिको पश्चिमी तटीय क्षेत्रमा तटवन्ध गर्ने बताए । निर्माण भएका पर्यटकीय पुर्वाधारको सुरक्षाका लागि नदिको कटान नियन्त्रणका लागि तटवन्ध पहिलो प्राथमिकता रहेको नगर प्रमुख शेर्माले बताएका छन । प्रकृतीले दिएको रमणीय दृश्य १ पटक आएर हेरेर जाने पर्यटकलाई बर्सेनी आउन योग्य स्थान बनाउन नगरले गुरुयोजना नै बनाएर कार्य शुरु गरेको नगर प्रमुखले बताएका छन ।
यता सताक्षीधाम क्षेत्रमा संंघिय संस्कृती पर्यटन तथा उडडयन मन्त्रालय र शिवसताक्षी नगरको ९० लाख रुपैयाँले सताक्षीधाम मन्दिर परिषरमा ब्लक विच्याउने र २५ फिट उचाईको शिव मन्दिर निर्माण हुने नगरपालिकाका कार्यवहाक प्रमुख प्रसाशकिय अधिकृत सुरेन्द्र दाहालले बताए । दाहाललका अनुसार शिवजीको मुर्ती खुला आकासमा सताक्षीधाम परिसरको पदमार्गबाटै प्र्रस्ट देख्न सकिने गरि निर्माण हुने छ ।
स्थानीय सरकार गठन पछि नगरका सताक्षीधाम र दोमुखा पर्यटकीय क्षेत्रमा धमाधम पुर्वाधार निर्माण भईरहेका छन । संघिय, प्रदेस र स्थानीय सरकारको संयुक्त लगानीमा २ वर्षको अवधीमा करोडौको योजना नगरका धार्मीक तथा पर्यटकीय क्षेत्रमा परेको नगरका प्रमुख लेखा अधिकृत भिववहादुर खवासले बताए ।
टोलीले शिवसताक्षी नगरको ११ नम्बर वडामा निर्माणाधीन गणेशमान शिंह प्राविधिक अध्ययन प्रतिष्ठानको पनि अध्ययन अनुगमन गरको छ । प्रतिष्ठानका अध्ययक्ष सन्तोष कुमार मेयाङ्गवोले टोलीलाई निर्माणाधिन संरचनाको बस्तुस्थीतीका बारेमा जानकारी गराए ।

यता नगरकै अर्को धार्मीक स्थल चिल्लागढ पोखरीको स्तर उन्नतीका लागि तीनवटै तहका सरकारले उपेक्षा गरेको स्थानीयले बताएका छन । दोमुखा र सताक्षीधाम मात्र देख्ने सरकारले चिल्लागढ पोखरीको धार्मीक र एतिहासीक महत्व नवुझेको स्थानीयबासीले बताएका छन । विभिन्न धार्मीक ग्रन्थमा समेत वर्णन गरिएको चिल्लागढ पोखरीलाई धामको रुपमा विकास गर्न स्थानीले स्थानीयलाई सुझाव दिएका छन । स्थानीय मेदनी प्रसाद रिजाल भन्छन, ‘चिल्लागढ धामको महिमा सरकारले बुझ्न सकेन ।’
यता नगरप्रमुख चन्द्रकुमार सेर्माले चिल्लागढ पोखरीको पनि अन्य दोमुखा र सताक्षीधाम क्षेत्रकै जस्तो पर्यटकीय पुर्वाधार निर्माण हुने बताए । नगरप्रमुख सेर्माले भने ‘संघिय सरकार प्रदेस सरकार संग चिल्लागढ पोखरीको स्तरोन्नतीका लागि लविङ्ग भईरहेको छ, त्यसका स्थानीय सरकारले नसघाउने भन्ने कुरै आउदैन ।‘






























