शान्तिनगर ।

कृषि,पर्यटन र पूर्वाधार विकासलाई प्राथमिक्तामा राखेको झापाको बुद्धशान्ति गाउँपालिकाले पर्यटकीय क्षेत्र बर्ने चिया बगानको रुप फेरेको छ । मेची राजमार्गको कालिखोला, हाप्पीनचौक सडक–खण्ड अन्तर्गत दुवै पट्टिको झाँडी फाडेर चिया बगानको सुन्दर दृष्य देखिने गरी सम्याइएको छ । उक्त ठाउँ चार नम्वर वडाभित्र पर्छ ।
सोही बाटोबाट इलाम, पाँचथर, ताप्लेजुङ र भारतको विभिन्न ठाँउ घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकले चिया बगान घुम्ने, फोटो खिच्ने बाहेक अब पर्यटन बजार, ड्राई बनभोज, घोडचडी, जातीय भेषभुषामा फोटो सेसन समेत गर्न पाउने भएका छन् ।
पर्यटन बर्ष २०२० लाई लक्षित गरि बुद्धशान्ति गाउँपालिकासंगको समन्वयमा ‘पर्यटन तथा हरित बुद्धशान्ति अभियान समिति’ले विहिवार एक कार्यक्रमको आयोजना गरि बर्ने पर्यटन बजारको उद्घाटन गरेका छन् । अभियानका अध्यक्ष खड्ग श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलले सो बजारको उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष भुजेलले पर्यटनको माध्यमबाट पनि बुद्धशान्ति गाउँपालिका समृद्ध बन्न सक्ने बताए । गाउँपालिका भित्र रहेका धार्मिक तथा एतिहासिक धरोहरको संरक्षण,सम्वद्र्धन र प्रचार–प्रसार गर्न सके गाउँपालिका समृद्ध हुने बताए । स्थानीयको चासो र सहयोग रहे गाउँपालिकाले पर्यटन प्रबद्र्धनमा सहयोग र सहकार्य गर्न पछि नहट्ने उद्घोष समेत गरे । पर्यटन तथा हरित बुद्धशान्ति अभियान समितिले गरेको कामको उच्च मुल्याङ्कन गर्दै गाउँपालिकाको सहयोग निरन्तर रहने विस्वास समेत दिलाए । कार्यक्रममा बोल्दै उपाध्यक्ष भुर्तेलले सम्भावना बोकेको पर्यटकीय क्षेत्रको विकासमा हातेमालो गर्न तयार रहेको बताईन् ।
मेची राजमार्ग अन्तर्गत करिव डेढ किलोमिटर बाटोको दायाँ÷बाँया बर्ने चिया बगान क्षेत्रको दृष्यावलोकन गर्न सकिनेछ । उक्त स्थानलाई रमणीय र पर्यटकलाई एकछिन विसाउने बातावरण कसरी बनाउन सकिन्छ भन्ने विषयमा समितिले छलफललाई निरन्तरता दिएको अभियानका अध्यक्ष श्रेष्ठले जनाए । सडकको दुवै पट्टि सडक बत्ती जडान गर्ने, बुद्धशान्ति गाउँपालिका भित्रका प्रमुख पर्यटकीय क्षेत्रको फोटो राख्ने, भगवान गौतम बुद्ध, भगवान शिव, हात्ती, जगतगुर बालसन्तको मुर्ती राख्ने तयारी छ ।
यससंगै पानीको फोहोरा, आकर्षक फुलवारी बनाई पर्यटकहरुको लोभलाग्दो क्षेत्रको रुपमा विकास गर्ने समितिको लक्ष्य छ । हाल सो स्थानमा खानेपानी, सौचालयको ब्यवस्था गरिएको छ । चिया बगान भित्र २० वटा बनभोज स्थलको निर्माण गर्ने तयारी गरिएको छ । सम्याइएको ठाउँमा केही स्टल छन् भने अझ धेरै स्टलहरु राख्न बाँकी छ । यसका साथै पर्यटकहरुका लागि होमस्टेको परिकल्पना समेत गरिएको छ ।
बर्ने चिया बगानको दृष्य हेर्दै इलाम, पाँचथर, ताप्लेजुङ र भारत तर्फ जाने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई स्वागत तथा सम्मान जनाउन स्वागत द्धार निर्माण गर्ने बताइएको छ । पर्यटन प्रबद्धनका लागि बुद्धशान्ति गाउँपालिकाले आफ्नो क्षेत्र भित्रका पर्यटकीय क्षेत्रको दिगो विकासमा सहयोग पु¥याउन सके स्वरोजगार सृजना हुने र आर्थिक उपार्जनको गतिलो माध्यम बन्ने सरोकारवालाहरुको बुझाई छ ।
अभियानका उपाध्यक्ष नरेन्द्र भुर्तेलले स्वागत गरेको कार्यक्रममा बुद्धशान्ति गाउँपालिकाका ७ वटै वडाका वडाध्यक्ष, विभिन्न राजनितिक दलहरुको प्रतिनिधि, बिभिन्न संधसस्थाका प्रतिनिधि, सामाजिक ब्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन विष्णु सापकोटाले गरेका थिए ।
































खुसी र उत्शाह को महसुस को सोचाइ भइरहेको छ। यसले मनोरन्जन मात्र नभयेर समाज को आर्थिक र सामाजिक बिकश हुनमा पनि सकारात्मक रुपले टेवा पुग्ने छ भन्ने आशा छ।।।
योजना राम्रा हुन् तर २०२१ लागेपछि ती धेरै लगानी गरेर बनाएका स्थान सुनसान नबनून् शुभकामना।