झापाका ३५० शिक्षकहरुलाई स्वागत तथा सम्मान

0
1075

विर्तामोड।

नेपाल शिक्षक संघ १ नं. प्रदेशका अध्यक्ष पूर्णप्रसाद गौतमले लोकतन्त्रवादी पेशाकर्मी बुद्धिजीवीहरुले लोकतन्त्रप्रतिको जनताको आस्थाको दियोलाई जोगाएर राख्नुपर्नेे बताउनु भएको छ ।

शिक्षा सेवा आयोग पास गरी कार्यक्षेत्रमा खटिएका झापाका ३५० शिक्षकहरुलाई स्वागत तथा सम्मान गर्दै शनिवार विर्तामोडमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गौतमले कम्युनिस्ट सरकारले शिक्षकहरुलाई आस्थाका आधारमा अपायक सरुवा गर्ने र अनेक किसिमले दुःख दिने काम गरेको भन्दै कडा आपत्ति जनाउनु भयो ।

नेपाल शिक्षक संघ झापाद्वारा आयोजित नवनियुक्त शिक्षकहरुको सम्मानमा आयोजित स्वागत कार्यक्रम तथा शिक्षक मैत्री बचत तथा ऋण सहकारी संस्थाको चौथो बार्षिक साधारणसभा सम्बोधन गर्दै शिक्षक नेता गौतमले उच्च मनोबलका साथ शैक्षिक गुणस्तर सुधारमा क्रियाशील हुन पनि आग्रह गर्नुभयो ।

शिक्षक संघद्वारा आयोजित सम्मान तथा स्वागत कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष नेत्र खरेलले गर्नुभएको थियो भने शिक्षक मैत्री बचत तथा ऋण सहकारी संस्थाको साधारणसभाको अध्यक्षता प्रकाश भण्डारीले गर्नुभएको थियो ।

लेखा समिति संयोजक रुपक दाहालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा भवानी लुईंटेलले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन युवराज ढकाल र योगेन्द्र पौडेलले संयुक्त रुपमा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here