जलकन्यादेवी मन्दिरमा संगीतमय शिव महापुराण

0
1304

अर्जुनधारा ।

झापाको अर्जुनधारा–१० चुथाईस्थित जलकन्यादेवी मन्दिरमा यही पुस २६ गतेदेखि माघ ७ गतेसम्म संगीतमय शिव महापुराण हुने भएको छ ।

सम्पूर्ण प्राणी जगतको कल्याणको कामनासँगै उक्त स्थललाई धार्मिक पर्यटन क्षेत्रकोरुपमा विकास गर्ने उद्धेश्यले महापुराणको आयोजना गरिएको शनिबार आयोजित पत्रकार सम्मेलनमा बताइएको छ ।

महापुराण सम्पन्न गर्न पदमलाल श्रेष्ठको संयोजकत्वमा एक सय एक सदस्यीय महापुराण मूल आयोजक समितिसहित ९ वटा उपसमिति गठन गरिएको मन्दिर व्यवस्थापन समितिका सचिव ओमप्रकाश भट्टराईले बताए ।

नवगठित उपसमितिहरुमा भक्ती भण्डारीको संयोजकत्वमा आर्थिक उपसमिति, देवी मुखियाको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, बखतबहादुर कटुवालको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, विष्णु मोक्तानको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति, गोमा दाहालको संयोजकत्वमा भान्सा व्यवस्थापन उपसमिति, भीम मिश्रको संयोजकत्वमा बजार व्यवस्थापन उपसमिति, यज्ञलाल श्रेष्ठको संयोजकत्वमा स्वमंसेवक परिचालन उपसमिति, पूष्पलाल तिवारीको संयोजकत्वमा सञ्चार माध्यम समन्वय उपसमिति, कुमार सापकोटाको संयोजकत्वमा मोटरसाइकल ¥याली उपसमिति रहेका छन् ।

प्रथम महिला जगतगुरु शंकराचार्य हेमानन्द गिरीले उद्घाटन गर्ने महापुराणको प्रमुख वाचक पण्डित नेत्रप्रसाद भट्टराई र उपवाचक पण्डित खगेन्द्र निरौला रहेका छन् । जीर्ण अवस्थामा रहेको मुल मन्दिरको पुर्ननिर्माण गर्ने लक्ष्य लिएको समितिले महापुराण सम्पन्न गर्न अनुमानित तीन लाख लाग्ने बताइएको छ ।

महापुराण मूल आयोजक समितिका संयोजक श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बखतबहादुर कटुवाल, सञ्चार माध्यम समन्वय उपसमितिका संयोजक तिवारी, स्वमंसेवक परिचालन उपसमितिका संयोजक श्रेष्ठलगायतले महापुराणको विषयमा जानकारी गराएका थिए ।

समितिका सचिव भट्टराईले कार्यक्रमको औचित्यसहित मन्दिरको पृष्ठभूमि र वर्तमान अवस्था बारे जानकारी गराएको कार्यक्रमको सञ्चालन सञ्चार माध्यम समन्वय उपसमितिका संयोजक तिवारीले गरेका थिए ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको पञ्चमीका तिथिमा त्रिदिवसीय पुजा आराधना र बडादशैंमा दुर्गा पुजा हुँदै आएको उक्त मन्दिरमा यस अघि सतचण्डी महायज्ञ र श्रीमद् भागवत महापुराण सम्पन्न भएको समितिका अध्यक्ष कटुवालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here