झापा,

पत्रकार सुदिप अधिकारी सम्मानित भएका छन् । झापाको गौरादहस्थित गौरादह उद्योग वाणिज्य संघको दोश्रो साधारण सभाको अवसर पारेर उनलाई वाणिज्य संघले सम्मान गरेको हो ।
गौरादह उद्योग वाणिज्य संघको भवनमा आयोजित साधारणसभामा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गौरादह नगरपालिकाका प्रमुख रोहित शाह र वाणिज्य संघका अध्यक्ष जिवन राईले पत्रकार अधिकारीलाई सम्मानपत्र सहित दोसल्ला ओडाएर सम्मान गरेका थिए ।
ग्रामिण भेगमा रहेका बिभिन्न गतिबिधी तथा नगरभित्रका बेथिती बारे कलम चलाएर समाजलाई सहि मार्गमा हिड्न सहयोग पुर्याएको भन्दै अधिकारीलाई सम्मान गरिएको हो । उनीसँगै गौरादहका पत्रकार सन्तोष बिष्ट र दिपक सुबेदीलाई पनि सम्मान गरिएको थियो ।
यस्तै संघमा आवद्ध पुराना व्यवसायी तथा ब्यापारीहरुलाईपनि सम्मान गरिएको थियो । संघका अध्यक्ष तथा कार्यक्रमको अध्यक्षता समेत गर्नुभएका जिवन राईले अध्यक्षका तर्फबाट प्रतिबेदन पेश गर्नुभएको थियो । उहाले आफ्नो कार्यकालमा गरेका कामका बारेमा सहभागी उद्योगी व्यवसायीहरुलाई जानकारी समेत गराउनुभएको थियो भने आगामी कार्यक्रमहरुका बारेमा समेत प्रष्ट पार्नुभएको थियो ।
संघको यो साधारणसभा चुनावी साधारणसभा समेत रहेको जनाईएको छ । संघको नया नेतृत्व र पदाधिकारी चयनका लागि आगामी माघ १८ गते निर्वाचन हुने बताईएको छ ।































