जलेश्वर बहुउद्धेश्यीय सहकारीको १५ औं सभा सम्पन्न

0
539

अर्जुनधारा ।

झापाको अर्जुनधारा–८मा रहेको जलेश्वर बहुउद्धेश्यीय सहकारी संस्था लि.को १५औं साधारण सभा आइतबार सम्पन्न भएको छ ।

संस्था सञ्चालक समितिका अध्यक्ष गोविन्दप्रसाद खतिवडाको अध्यक्षता र झापा जिल्ला सहकारी संघका सदस्य टंक बरालको प्रमुख आतिथ्यमा आयोजित सभामा स्वागत मन्तव्य सदस्य कुमार भट्टराईले व्यक्त गरेका थिए ।

सभामा समितिका अध्यक्ष खतिवडाले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । जम्मा चुक्ता शेयर पूँजी एक करोड ४४ लाख ६७ हजार छ सय रुपैयाँ रहेको संस्थाले गत आर्थिक वर्षमा १० करोड ९८ लाख ७२ हजार तीन सय ५६ रुपैयाँ बचत संकलन गरी १० करोड ७१ लख ५६ हजार एक सय ५६ रुपैयाँ बचत फिर्ता र सात करोड तीन लाख ३१ हजार आठ सय ५० रुपैयाँ ऋण लगानी गरी छ करोड १९ लाख ८४ हजार आठ सय ५० रुपैयाँ ऋण असुली गरेको प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

गत आर्थिक वर्षको जम्मा आम्दानी एक करोड २२ लाख ८९ हजार ८४ रुपैयाँ र जम्मा खर्च एक करोड १० लाख ६३ हजार ७८ रुपैयाँ ७० पैसा रहेको संस्थाको शुद्ध नाफा नौ लाख ८० हजार आठ सय चार रुपैयाँ ३० पैसा रहेको छ ।

सोही सभामा ज्येष्ठ शेयर सदस्यद्धय खगेन्द्रकुमार पौड्याल र सूर्यबहादुर कार्की, असल उद्यमीहरु मनकुमारी कार्की बुढाथोकी, मिना प्रसाईं, शम्भु सहनी र सुनिता तामाङ, उत्कृष्ट बचतकर्ताहरु कृतिका खड्का विष्ट, दिनेश दास दियाली, महम्मद नइन र सुभद्रा देवलाई सम्मानित गरिएको थियो । त्यस्तै गत वर्षको एसईई परीक्षामा शेयर सदस्यका सन्तनामध्ये उत्कृष्ट जीपीए ल्याई उत्र्तीण हुने अनिश भण्डारीलाई नगद पुरस्कार पाँच हजारबाट पुरस्कृत गरिएको थियो ।

सभामा अर्जुनधारा नगरपालिकाका प्रतिनिधि छविरमण पोखरेल, कालिका बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष कर्णबहादुर तामाङ, त्रिनेत्र बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष केशवकुमार खड्का, प्रज्वला अपाङ्ग तथा महिला बहुउद्धेश्यीय सहकारी संस्थाका उपाध्यक्ष डिल्ली घोर्साईं, ऋद्धी सिद्धी महिला कृषि सहकारी संस्थाकी अध्यक्ष कुसुम राई, लालीगुँरास महिला कृषि सहकारी संस्थाकी अध्यक्ष मेनुका पौड्याल, सहनशिल महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष ज्ञानकुमार थापा, अर्जुनधारा प्रेस क्लबका उपाध्यक्ष रमेश समदर्शीलगायतको आतिथ्यता रहेको थियो ।

सभाको सञ्चालन समितिका उपाध्यक्ष दिलीप गुरुङले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here