बिर्तामोड।
श्रीअन्तु प्रकाशन प्रालि पूर्वाञ्चल दैनिकका संस्थापक सदस्य तथा समाजसेवी बिर्तामोड–५का हर्कलाल गिरीलाई पत्नी शोक परेको छ ।
उनकी धर्मपत्नी विनु गिरीको आइतवार विहान निधन भएको हो । भारतको शिलगढीको नियोटिया अस्पतालमा उपचारत गिरीको ६४ बर्षको उमेरमा निधन भएको हो ।
गत विहीवार विरामी भएर झापा बिर्तामोडको वीएण्डसी अस्पतालमा भर्ना भएकी गिरीलाई थप उपचारका लागि शिलगढी लगिएको पारिवारिक स्रोतले जनाएको छ । गिरीका एक छोरा आशिष, बुहारी भावना, छोरी बन्दना, ज्वाइँ राजेश गिरी र नातिहरु सुभम, आशिर्वाद गिरी, नातिनीहरु नवोनिधि र साम्भवी रहेका छन् ।
हर्कलाल विराट–भरत विश्रान्तिका अध्यक्ष, नेपाल दशनामी समाजका केन्द्रीय सल्लाहकार, तत्कालीन अनारमनी गाविसका अध्यक्ष, नेपाली कांग्रेस झापाका पूर्व सदस्य लगायत सामाजिक संघ÷संगठनमा आवद्ध छन् ।
मृतक गिरीको आइतवार कनकाई माई आर्यघाटमा दाहसंस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ ।





























