टोल विकास समितिको अध्यक्षमा ओमप्रकाश

0
777

बिर्तामोड।

झापाको अर्जुनधारा–५ दुई नम्बर टोल विकास संस्थाको अध्यक्ष ओमप्रकाश लुइटेल चयन भएका छन् ।

सोमबार भएको भेलाले लुईटेललाई सर्वसम्मत अध्यक्षमा चयन गरिएको हो। समितिको उपाध्यक्षमा देवकुमारी चौधरी, सचिवमा लक्ष्मिप्रसाद खनाल, सहसचिवमा माधव भट्टराई र कोषध्यक्षमा इन्दिरा भट्टराई चयन भएका छन् ।

समितिको सदस्यमा हेमन्त रिजाल, सुनिता चौधरी, छविलाल न्यौपाने, उमाकान्त ढुङगेल, विष्णुप्रसाद भट्टराई र सुर्यबहादुर महतरा चयन भएका छन् ।

अर्जुनधारा नगरपालिका–५ का वडाध्यक्ष ध्यानबहादुर भारती सहितको भेलाले टोल सुधार सहित टोलको विकासका लागि समिति गठन गरेको हो ।

टोलको विकासका लागि आ–आफ्नो ठाँउबाट महत्वपूर्ण सहयोग पु¥याउने भन्दै नजज्योति आधारभूत विद्यालय ब्यवस्थापन समिति अध्यक्ष विश्वबन्धु थापा, ज्येष्ठ नागरिक पुरानो चौतारीका अध्यक्ष जीवनकुमार खतिवडा, अर्जुनधारा–५ वडा परिषद् सदस्य कुन्दन भट्टराई लगायतले प्रतिबद्धता जनाए । कार्यक्रमको सञ्चालन स्थानीय टंक खतिवडाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here