इक्यान अध्यक्षमा शर्मा

0
483

झापा।

सुमन शर्मा जमरकट्टेलको अध्यक्षतामा नेपाल शैक्षिक परामर्श संघ झापा गठन गरिएको छ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) केन्द्रीय समितिले संघ गठन गरेको हो ।

बिर्तामोडमा सोमवार झापाका शैक्षिक परामर्शदातृ संस्थाका सञ्चालकहरुको भेलाले जिल्ला नेतृत्व चयन गरेको हो ।

नेपालमा २३ वर्षदेखि सञ्चालित इक्यानले विदेशी सहयोग लिएर शैक्षिक परामर्श सेवा प्रदान गर्नु हुँदैन भन्ने मान्यता राख्दै आएको छ ।

संघका अध्यक्ष विष्णुहरि पाण्डेको अध्यक्षता तथा महासचिव शेषराज भट्टराईले सञ्चालन गरेको प्रारम्भिक घोषणासभामार्फत् जिल्ला नेतृत्व सार्वजनिक गरिएको हो ।

जसअनुसार, नेपाल शैक्षिक परामर्श संघ झापाको अध्यक्षमा बोस्टन एजुकेशनका शर्मा, उपाध्यक्षमा मिलन ओली, सचिवमा ओएसिस एजुकेशन फाउण्डेशनका मदन बुढाथोकी र कोषाध्यक्षमा बिर्तामोड एजुकेशन फाउन्डेसनका राजकुमार कार्की चयन भएका छन् ।

समितिका सदस्यहरुमा लक्ष्मीकान्त खनाल, अशोक भण्डारी, अनिल सापकोटा, नवीनकुमार शिवाकोटी र खगेन्द्र भण्डारी रहेका छन् ।

विदेश गएर अध्ययन गर्न चाहने नेपालीहरुलाई आवश्यक परामर्श दिने उद्देश्यले खोलिएका शैक्षिक परामर्श दातृ संस्थाहरुको संगठनले जिल्लास्तरमा पनि आफ्नो शाखा सञ्चालन गर्न थालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here