नक्कली नोटसहित बिर्तामोडमा दुई जना पक्राउ

0
461

बिर्तामोड।

पछिल्लो समय झापामा नक्कली नोटको कारोबार बढेको छ । कहिले भारतीय नक्कली नोटसहित मानिस पक्राउ पर्ने गरेका छन् भने कहिले नेपाली नोटसहित कारोबारमा संलग्न व्यक्ति पक्राउ पर्ने गरेका छन् ।

नक्कली भारतीय नोटसहित दक्षिण झापाको बाह्रदशी गाउँपालिका–३ राजगढबाट कारोबारमा संलग्न व्यक्ति पक्राउ परेको घटना सेलाउन नपाउँदै इलाका प्रहरी कार्यालय बिर्तामोडले नक्कलीसहित नेपाली नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरी नायव उपरीक्षक मोहनकुमार थापाका अनुसार बिर्तामोड नगरपालिका वडा नं. ५ बस्ने ३४ बर्षीय सुरेन्द्र योङ्हाङ र जिल्ला मोरङ बेलबारी नगरपालिका–४ बस्ने २५ बर्षीय किरण खवासलाई प्रहरीले बिर्तामोडबाट पक्राउ गरेको हो ।

सादा पोशाकबाट खटिएको प्रहरीको टोलीले दुबै जनालाई बिर्तामोडबाट प्रहरी गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

पक्राउ परेका दुबैजनालाई पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मोहन थापाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here