बिर्तामोड बचत सहकारीको सातौं सभा

0
430

बिर्तामोड।

बिर्तामोड बचत तथा ऋण सहकारी संस्था बिर्तामोड– ५ को सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष सरोजकुमार उप्रेतीको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका प्रमुख धुव्रकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा व्यवस्थापक विक्रम फुयालले स्वागत गरेका थिए ।

कार्यक्रममा नेपाल अडिटर्स एशोसिएशन झापाका उपाध्यक्ष होमनाथ उप्रेती, मनमोहन मेमोरियल सामुदायिक अस्पताल समितिका सचिव रोमणी भट्टराई, सूर्योदय टेलिभिजनकी प्रवन्ध निर्देशक विष्णु मैनाली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा ज्येष्ठ शेयर सदस्य परीमाया लिम्बू, असल बचतकर्ता धरमवीर खड्का, असल ऋणि तीर्थ राजवंशीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष उप्रेतीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका शेयर सदस्य एक हजार चार सय ७७ जना, शेयर पुँजी ६१ लाख ५६ हजार सात सय ५० रुपैयाँ, निक्षेप संकलन तीन करोड ९९ लाख ६३ हजार दुई सय ७९ रुपैयाँ चार पैसा, निक्षेप फिर्ता तीन करोड ८३ लाख ७९ हजार छ सय ९१ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । लेखा समितिकोे प्रतिवेदन वाचन र कार्यक्रमको सञ्चालन लेखा समितिका संयोजक नरप्रसाद उप्रेतीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here