भानु माविको ६०औं वार्षिकोत्सव

२२ पुष २०७६, मंगलवार मा प्रकाशित

लक्ष्मीपुर।

अर्जुनाधारा– ५, फुलबारीस्थित भानु माध्यमिक विद्यालयको ६०औं वार्षिकोत्सव सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज खड्काको अध्यक्षता तथा अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रुपक दाहालले विद्यालयको समसामयिक गतिविधि तथा आयव्यय विवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रममा देवी–तुलसा अक्षयकोषबाट २०७५ सालको एसईई परीक्षामा उत्कृृष्ट नतिजा हासिल गर्ने विद्यार्थी निसा बिष्ट, सन्दीप कट्टेल र सुनिल लम्साललाई पुरस्कृत गरियो ।

त्यस्तै पुरुषोत्तम अक्षयकोषवाट २०७६ सालमा कक्षा ११ को वार्षिक परीक्षामा उत्कृष्ट विद्यार्थी ओमकुमार विश्वकर्मा, धनमाया अक्षयकोषवाट २०७५ सालको कक्षा ८ को नगरस्तरीय परीक्षामा उत्कृष्ट हुने विद्यार्थी पूजा मैनाली, लालबहादुर–जसोदा चौहान अक्षयकोषबाट २०७६ सालको कक्षा १२ को परीक्षामा उत्कृष्ट हुने विद्यार्थी अर्पना धिमाल र एटम लिङ्देनलाई पुरस्कृत गरिएको थियो ।

यसअघि विद्यालयमा वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएका एथलेटिक्स प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई समेत पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष ध्यानबहादुर भारती, बलबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्र्की लगायतले शुभकामना दिएका थिए । कार्यक्रममा विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here