इलाममा दक्षिण एशियाली दलित भेटघाट हुँदै

0
486

इलाम,

आगामी माघ २४ र २५ गते यहाँ दलित जनप्रतिनिधिको प्रदेश नं १ स्तरीय भेला तथा दक्षिण एशियाली दलित मिट–२०७६ गरिने भएको छ ।

प्रदेशका करिब ३५० दलित जनप्रतिनिधि सहभागी हुनेछन् । सो कार्यक्रममा दलित समुदायबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसद, प्रदेश सभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख–उपप्रमुख, सदस्य, स्थानीय तहका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्ष र कार्यपालिका सदस्य तथा इलामका सम्पूर्ण दलित जनप्रतिनिधि सहभागी हुनेछन् ।

भेलामा १ नं प्रदेशबाहेक अन्य छ प्रदेश तथा भारत र भूटानबाट समेत १०० आमन्त्रित सहभागी हुने मूल समारोह आयोजक समितिका संयोजक नवराज शङ्करले बताउनुभयो । माघ २४ गते नौमती र झाँकीसहितको ¥याली रत्नचोकदेखि गौतमबुद्ध सभागृहमा पुग्नेछ ।

पहिलो दिनको कार्यक्रममा ‘दलित महिला ः अवसर, सम्भावना र चुनौती’ विषयमा सांसद तथा दलित अगुवा लक्ष्मी परियार, अनिता परियार र दुर्गा सोबबीच बहस हुनेछ । त्यसै दिन ‘दलित युवाः उद्यमशीलता र रोजगारी’ विषयमा नेपाल जेसिसका केन्द्रीय अध्यक्ष अशोक शङ्करसँग बहस हुनेछ ।

साँझ चर्चित रेडियो कार्यक्रम बहकिने मनका सञ्चालक साहित्यकार महावीर विश्वकर्माको एकल साहित्य वाचन कार्यक्रम हुनेछ । दोस्रो दिन प्रदेशका १४ वटै जिल्लाका जनप्रतिनिधिका टोलीनेताले स्थानीय तहको समीक्षात्मक अनुभव प्रस्तुति गर्ने तय भएको छ ।

त्यही दिन ‘नेपालमा जातपात र छुवाछूत’ बारे विश्वभक्त दुलाल (आहुति), ‘नेपालको दलित आन्दोलनः विगत, वर्तमान र भविष्य’बारे गणेश विक तथा दलित समुदायः आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरणको सवाल विषयमा आम किसानले विचार राख्नेछन् । यस्तै ‘दलित समुदायको समस्या र राज्य’ विषयमा सांसदद्वय छविलाल विश्वकर्मा र मीन विश्वकर्मा तथा विनोद पहाडीबीच बहस हुनेछ ।

त्यसैगरी दलित समुदायको पेशा संरक्षण र आधुनिकीकरणका विषयमा तीन सफल दलित व्यवसायीसँग बहस हुनेछ । कार्यक्रम समापनसँगै इलाम घोषणापत्र जारी गर्ने आयोजक समितिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here