सदस्यलाई समृद्ध बनाउँदै सिम्रिक

0
443

बिर्तामोड ।

झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले पछिल्लो समय पशुपालन तथा कृषि प्राविधिक तालिमलाई तिव्रता दिएको छ ।

संस्थामा आवद्ध शेयर सदस्यहरुलाई कृषि तथा पशुपालन व्यवसायमा आत्मनिर्भर बनाउने उद्धेश्यले पशुपालन तथा कृषि प्राविधिक तालिम प्रदान गरिएको संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतले बताए ।

संस्थाको शिक्षा तथा तालिम उपसमितिको आयोजनामा संस्थाका विभिन्न सेवाकेन्द्रमा आवद्ध शेयर सदस्यहरुलाई उक्त तालिम प्रदान गरिएको उनले बताए । यसैबीच संस्थाले गोलधाप सेवाकेन्द्रमा आवद्ध शेयर सदस्यहरुलाई पशुपालन तथा कृषि प्राविधिक तालिम प्रदान गरेको छ ।

शिक्षा तथा तालिम उपसमितिका सदस्य मेहरमान विष्टको अध्यक्षता तथा हल्दिबारी गाउँपालिकाका अध्यक्ष रबिन्द्र लिङदेनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शिक्षा तथा तालिम उपसमितिका सदस्य इन्द्रबहादुर कार्कीले स्वागत गरेका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतले संस्थाको बारेमा जानकारी दिनुका साथै तालिम आयोजना गर्नुको उद्देश्यका बारेमा प्रकाश पारेका थिए । उनले शेयर सदस्यलाई कृषि तथा पशुपालनको क्षेत्रमा आत्मनिर्भर बनाउन यस्तो तालिम प्रदान गरिएको र शेयर सदस्यले पशुपालनका र खेती गरे सहकारीले आवश्यक परेमा प्राविधिक र सहुलियत दरमा ऋण समेत लगानी गरिने जानकारी दिए ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाका कृषि विभाग अधिकृत राजेन्द्रप्रसाद कडरिया र पशु स्वास्थ्य सेवा प्राविधिक विष्णुप्रसाद भट्टराईले पशुमा रोग लाग्नुका कारण तथा रोग लाग्नबाट बच्ने उपाय , कृषि विमा , बजारीकरण पशु तथा तरकारीमा लाग्ने रोग , व्यावसायिक पशुपालन र खेतीका बारेमा जानकारी गराएका थिए ।

सोही कार्यक्रममा गोलधाप सेवाकेन्द्रका चार जना शेयर सदस्यहरुलाई विभिन्न समयमा भएका घटनाका आधारमा राहत रकम समेत प्रदान गरिएको थियो । कार्यक्रमको संचालन संस्थाका तालिम विभाग प्रमुख विजय बस्नेतले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here