विद्यार्थीलाई स्कूल ब्यागसहित शैक्षिक सामग्री प्रदान

0
476

अर्जुनधारा ।

झापाको अर्जुनधारा–९ खरबन्दीमा रहेको बालज्योती प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई स्कूल ब्यागसहित शैक्षिक सामग्री उपलब्ध भएको छ ।

रोट्रयाक्ट क्लब बिर्तामोड मिडटाउन र रोट्रयाक्ट क्लब अमेरिका न्यूयोर्क सिटीको संयुक्त सहयोगमा उपलब्ध भएको ब्यागसहितको सामग्री ३६ जना विद्यार्थीलाई वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका सदस्य रमेश भट्टराईले जानकारी दिए ।

रोट्रयाक्ट क्लब बिर्तामोड मिडटाउनका अर्थ पेरिवल, दिनेश खतिवडा र श्रद्धा प्रसाईले उक्त सामग्रीहरु विद्यार्थीलाई हस्तान्तरण गरेका थिए ।

समितिका सदस्य भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन अर्का सदस्य सुरेन्द्र गिरीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here