चौतारीको एक वर्ष पछि आफ्नै भवन

0
574

झिलझिले ।

शिवसताक्षीको चौतारी बचत तथा ऋण सहकारी संस्थाले कार्यलय भवन निर्माण गर्ने भएको छ ।

वुधबार एक कार्यक्रमको आयोजना गर्दे भवनको शिलान्यास गरिएको सहकारीको सुचना साखाले जनाएको छ । झिलझिलेमा प्रधान कार्यलय रहेको सो सहकारीेले ३ वर्ष अघि मात्र कार्यलय भवनका लागि जग्गा खरिद गरेको थियो ।

ईलाका प्रहरी कार्यलय झिलझिले अगाडी रहको उक्त जग्गामा संस्थाका अध्यक्ष भद्र दुमी राई र कार्यवहाक अध्यक्ष धनवहादुर राईले संयुक्त रुपमा सिलान्यास गरेका हुन ।

दुई तलाको ८ कोठे भवनको निर्माण ठेक्का सम्झौता भईसकेको पारावारी सेवा केन्द्रका प्रमुख समेत रहेका संस्थाका कोषाध्यक्ष मिलन राईले बताए । चौतारीको निर्माणहुने भवन भुकम्प प्रतिरोधात्मक र अत्याधुनीक हुने संस्थाका व्यवस्थापक विवेक राईले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here