राष्ट्रिय रमणीय आदर्श माविकोे स्वर्ण स्तम्भ भूपू विद्यार्थीले बनाउने

0
1041

दुधे ।

राष्ट्रिय रमणीय आदर्श माविको स्वर्ण वर्षको स्तम्भ नव गठित भूपू विद्यार्थी मञ्चले निर्माण गर्ने बताएको छ ।

स्वर्ण महोत्सव मुल आयोजक समारोह समितिले विद्यालय हाताको नगर शिक्षा साखाको सभाहलमा वुधबार विधागत समिति गठन गर्ने उद्धेश्यले आयोजना गरेको भेलामा मञ्चका अध्यक्ष असोक वस्नेतले विद्यालको स्वर्ण महोत्सवको स्वर्ण स्तम्भ राष्ट्रिय रमणीय आदर्श मावि दुधेको भूपू विद्यार्थी मञ्चले निर्माण गर्ने बताए ।

विद्यालयको स्वर्ण महोत्सव माघ १७ गते भव्य समारोहका विच उद्धघाटन हुने छ भने समापन ०७७ माघ १६ गते हुने विद्यालय प्रशासनले जनाएको छ । स्वर्ण महोत्सवलाई भव्य रुपमा सम्पन्न गराउन शिवसताक्षी नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भैरवकुमार श्रेष्ठको अध्यक्षतामा १२७ सदस्यीय स्वर्ण महोत्सव मुल आयोजक समारोह समिति गठन भएको छ ।

वुधबारको भेलाले विभिन्न १९ वटा उपसमिति गठन गरेको छ । महोत्सवको सुचना तथा प्रचार प्रसार उपसमितिको संयोजकमा विनोद सापकोटा चयन भएका छन । सो समितिको सदस्यमा छविलाल दवाडी, सरोज भट्टराई, गोविन्द ल्वागुन, कृष्ण चन्द्र सेलिङ्ग चयन भएका छन । यस्तै स्मारिका सम्पादन तथा प्रकाशन समितिमा श्रीप्रसाद खरेल, योजना निर्माण तथा बजेटीङ्ग उपसमितिमा विद्यालय व्यवस्थापन समिति, अतिथी सत्कार तथा सम्मान उपसमितिमा दुर्गा भण्डारी संयोजक चयन भएका छन ।

यस्तै स्वयमसेवक परिचालन उपसमितिमा लालमणी सुवेदी, स्टेज निर्माण तथा व्यवस्थापनमा विद्यालयको भूपू विद्याथी मन्च, सामाग्री खरिद तथा आर्थीक श्रोत व्यवस्थापन उपसमितिको संयोजकमा स्वर्ण महोत्सव मुलु आयोजक समितिका अध्यक्ष भैरव कुमार श्रेष्ठ चयन भएका छन । साहित्य तथा साँस्कृती उत्थान उपसमितिमा पदम प्रसाद दाहाल, खेलकुद उपसमितिको संयोजकमा पर्वत थुलुङ्ग चयन भएका छन ।

यस्तै प्रविधी व्यवस्थानमा शान्तिराम वस्नेत, खानेपानी व्यवस्थापन अग्नी दुलाल, पुरस्कार व्यवस्थापन उपसमितिमा विद्यालयका प्रधानाध्यापक कालिप्रसाद रिजाल चयन भएका छन । वातावरण तथा सरसफाई उपसमितिमा सन २०२०को सतासीधाम जेसीज, मसलन्द छपाई उपसमितिमा श्री प्रसाद खरेल र सरोज भट्टराई, अक्षयकोष व्यवस्थापनमा टेकवहादुर सेन्च्युरी, स्वरस्वती मन्दिर निर्माण उपसमितिमा नारायण प्रसाद बजगाई, दुर्गा प्रसाद भट्टराई, अनुगमन तथा समन्वय ईकाई समितिमा सन्तोषकुमार मेनेङवोको संयोजकत्वमा विद्यालय व्यवस्थापन समितिका भुपु अध्यक्ष हरु सदस्य चयन भएका छन ।

यस्तै प्राथमिक उपचार व्यवस्थापन समितिमा दुर्गा भण्डारी र शान्ति सुरक्षा तथा व्यवस्थापन समितिको संयोजकमा छत्रवाबु ओझा चयन भएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here