झिलझिले ।

शिवसताक्षीको ८ नम्बर वडा स्थित कल्याण चोकमा निर्माणाधीन कल्याणेश्वर शिवालय मन्दिर संचालन सहयोगार्थ समावेसी पुराण आयोजना हुने भएको छ ।
आयोजक समितिले दिएको जानकारी अनुसार पुस २७ गते देखी माघ ५ गते सम्म श्रीमद्दभागवत धनधान्याञ्चल सप्ताह ज्ञानमहायज्ञ आयोजना हुने भएको हो । स्थानीय हर्क वस्नेतको स्मृतीमा श्रीमती प्रेमकुमारी बस्नेतले दिएको १५ धुर जग्गामा शिवालय मन्दिर स्थापना भएको हो ।
गोलोक गोवद्र्धन गौसालाका अध्यक्ष आचार्य नन्दकिशोर भारद्धाजले शिवलिङ्ग प्रदान गरेपछि गाउमा मन्दिर निर्माण गरेर स्थानीय पुराण आयोजना गर्न एक जुट भएको आयोजक समितिका प्रवक्ता टेकवहादुर सिवाकोटीले बताए ।
कार्यक्रमको कथा व्यासमा युवा पंडित द्धय राजु गजुरेल र उपवाचकत्वमा मदन मोहन अधिकारी रहने आयोजक समितिका अध्यक्ष देवीवहादुर कार्कीले जानकारी दिए ।

आयोजक समितिका अनुसार पुराणमा साढे तीन लाख खर्चको अनुमान गरिएको छ भने करिव १० लाख आम्दानी हुने छ । कल्याणचोकको धार्मीक कार्यक्रमले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने आयोजक समितिले जनाएको छ । कार्यक्रमका दिवा र रात्री कालिन सत्र समावेसी हुने आयोजक समितिले जनाएको छ ।
कार्यक्रममा गोलोक गोवद्र्धन गौसालका अध्यक्ष आचार्य नन्दकिशोर भारद्धाज, संस्कृती विद् प्राध्यापक डाक्टर सन्तकुमार बराल, त्रिफला राष्ट्रिय पुस्तकालयका संरक्षक प्रेमप्रकास फलाहारी, आचार्य कुवेर सुवेदी, दलित समुदायका ज्योतिस पंडित धनवहादुर सिलवाल, पुर्वीय दर्षन प्रतिष्ठानका केन्द्रिय अध्यक्ष चन्द्रप्रसाद खनाल र अन्य समुदायका विद्धत वर्गका सन्तको प्रवचन हुने आयोजक समितिले वताएको छ ।

पुराणको तयारीका लागि एउटा मुल आयोजक समारोह समिति र अन्य विधागत उपसमिति गठन भएका छन । ‘हामी अन्तिम तयारीमा जुटेका छौ, आयोजक समितिका अध्यक्ष कार्कीले भने— हिन्दु संस्कार र संस्कृती बचाउन कल्याण चोकको धार्मीक कार्यक्रम कोशेढुङ्गा सावित हुने छ । दाताले दिएको सहयोग रकमको अक्षरस सदुपयोग हुनेमा आयोजकले सर्वसाधरणलाई आश्वस्त तुल्याएको छ ।































