झापाबाट काठ तस्करीमा संलग्न एक जना पक्राउ

0
503

विनोद सापकोटा/ झापा ।

रतुवामाई वृक्षारोपणको बन हातामा साल जातको हरियो रुख कटान गरिरहेको अवस्थामा वुधबारराती झापाको शिवसताक्षीबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यलय झिलझिले, शसस्त्र प्रहरी र आयोजनाका वन हेरालुको संयुक्त गस्ती टोलीले शिवसताक्षी ११ बस्ने ३८ वर्षीय पुर्णवहादुर तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय झापाका प्रहरी उपरीक्षक कृष्ण कोईरालाले जानकारी दिए ।

झिलझिले — सताक्षीधाम सडकको वाँया तर्फको बनमा काठ काटिरहेको आवाज वन हेरालुको टोलीले सुनेपछी तस्कर पक्राउका लागि उनिहरुले थप सहयोग प्रहरी संग लिएका थिए । प्रहरी सहितको टोलीले चारैतिर बाट घेरा हाल्दा तामाङलाई काठ काट्ने आरा सहित रंगेहात पक्राउ गरिएको हो । तामाङ सगै तस्करी गरिरहेका अन्य ४ जना भाग्न सफल भएको ईलाका प्रहरी कार्यलय झिलझिलेले जनाएको छ ।

प्रहरीले २३.३० क्युफिट काठको गोलिया र ४ थान साईकल समेत बरामद गरेको छ । बरामद गरिएको काठ, साईकल सहित तामाङलाई प्रहरीले सेक्टर बन कार्यलय सुरुङ्गा वुझाएको छ । सेक्टर बन कार्यलयका अनुसार तस्करबाट बरामद भएको काठको बजार मुल्य ८८ हजार छ । दुई साता अघि मात्र सोहि क्षेत्रमा प्रहरीले भरुवा बन्दुक बरामद गरेको थियो ।

बनजंगलको चरम दोहन भईरहेको गुनासो सर्वसाधरणले प्रशासनलाई गरेपछी प्रहरी त्यसको नियन्त्रणका लागि कडा रुपमा प्रस्तुत हुन थालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here