जुनकिरीका बिद्यार्थीलाई खाद्यान्न र लत्ताकपडा

0
1052

बिर्तामोड।

जुनकिरी सार्वजनिक प्राथमिक विद्यालयमा अध्ययनरत् बिद्यार्थीका लागि मारवाडी सेवा समितिका पूर्व अध्यक्ष सुवास मुरारका र मारवाडी मञ्चकी केन्द्रीय सदस्य सुनीता सराफले खाद्यान्न सहयोग गरेका छन् ।

विद्यालयमा बुधवार आयोजित कार्यक्रमकाबीच उनीहरुले एक सय १५ जना विद्यार्थीलाई तीन महिना पुग्ने गरी दिवा खाजाका लागि चना, मुरै, आलू भुजिया, चिउरा, मटर लगायतको खाद्य सामग्री सहयोग गरेका हुन् । सहयोग सामग्री विद्यालयका व्यवस्थापन समिति अध्यक्ष जगतबहादुर मगरले ग्रहण गरेका थिए ।

त्यस्तै बन्दी सहायता नेपालद्वारा सञ्चालित छोरीका लागि शिक्षा (जीईई) कार्यक्रमका १९ जना बालबालिकालाई न्युजिल्याण्डका नागरिकले न्यानो कपडा प्रदान गरेका छन् । आमावुवा कुनै पनि कारणले वन्दी जीवन बिताइरहेका र उनीहरुका बालबालिकालाई बन्दी सहायता नेपालले संरक्षण गरेर शिक्षा प्रादन गरिरहेको छ ।

न्यूजिल्याण्ड कम्युनिटी मेम्बर्सले छोरी शिक्षालाई बिगत १६ बर्षदेखि निरन्तर सहयोग गरिरहेको र २५ जनालाई पुनस्र्थापना गरिएको जुनकिरी सार्वजनिक प्राथमिक विद्यालयका प्रधानाध्यापक रञ्जित परियारले जानकारी दिए ।

विद्यालयमा सञ्चालन भइरहेको छोरीका लागि शिक्षा कार्यक्रमलाई निरन्तरता दिने कम्युनिटीकी आलनाले बताइन् ।
सोही अवसरमा इप्रका अनारमनीका प्रहरी नायव उपरीक्षक मोहनकुमार थापालाई सम्मानसहित विदाई गरिएको छ ।

कार्यक्रममा बन्दी सहायता नेपालकी संस्थापक अध्यक्ष इन्दिरा राना मगरले स्थानीय सामाजिक ब्याक्तित्वहरुले बालगृह र बिद्यालयलाई अपनत्व गरी सहयोग गरेकोमा दाताहरुलाई धन्यवाद दिएकी थिइन् ।

कार्यक्रम सामाजिक व्यक्तित्व हस्त परियार, चूडामणि पौडेल, वीपी कोइराला, दाताहरु सुबास मुरारका, सुनीता सराफ, न्युजिल्यान्डका आलना इला, इथर, मिरी र अमेरिकी पत्रकार मेरीले शुभकामना व्यक्त गरेका थिए ।

संस्थाकी कोषाध्यक्ष अम्विका गुरुङले स्वागत गरेको कार्यक्रमको सहजीकरण प्रधानाध्यापक परियारले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here