बिद्यार्थीलाई न्यानो कपडा

२४ पुष २०७६, बिहीबार मा प्रकाशित

भद्रपुर।

रोटरी क्लब अफ भद्रपुरले हल्दिवारी गाउँपालिका–३स्थित रामेश्वर प्राथमिक विद्यालयका छात्रछात्रालाई न्यानो कपडा वितरण गरेको छ ।

विद्यालयमा बुधवार आयोजित एक कार्यक्रमकाबीच ५६ जना छात्रछात्रालाई हाउस ड्रेस तथा ट्राउजर सेट वितरण गरेको हो । रोट्र¥याक क्लब अफ भद्रपुरसँगको सहकार्य र सिद्धार्थ बैङ्क चन्द्रगढीको सहयोगमा सो विद्यालयमा अध्ययनरत् नर्सरीदेखि कक्षा ५ सम्मका छात्रछात्रालाई न्यानो कपडा वितरण गरिएको रोट्ररियन ईश्वर अधिकारीले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद गिरीको सभापतित्व र हल्दिवारी गाउँपालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा रोटरी क्लब अफ भद्रपुरका अध्यक्ष टीकाराज ढकाल, सिद्धार्थ बैंकका क्षेत्रीय प्रबन्धक सुभाष श्रेष्ठ र वडाध्यक्ष रोशन शिवाकोटीले मन्तव्य राखेका थिए ।

प्रधानाध्यापक गोविन्द वोहोराले स्वागत गरेको कार्यक्रमको सञ्चालन मेनुका शर्मा दाहालले गरेकी थिइन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here