इस्टीमेटमा भन्दा १० मिटर लामो नाला निर्माण

0
706

अर्जुनधारा ।

झापाको अर्जुनधारा–७ मा अमित खम्बूको घर हुँदै गोसहट्टी जाने बाटोमा नाला निर्माण योजना अन्र्तगत निर्माण सम्पन्न भएको नालाको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।

इस्टीमेट अनुसार ५७ मिटर लामो नाला निर्माण गर्न गत मंसिर २७ गते सम्झौता भएको उक्त योजनाको लागि चालु आर्थिक वर्षमा वडाबाट दुई लाख विनियोजन भएको र उपभोक्ता समितिबाट २० हजार १३ रुपैयाँ संकलन भएको समितिका अध्यक्ष राजेन्द्रबहादुर धिमालले बताए ।

इस्टीमेटमा उल्लेख भएको भन्दा १० मिटर बढी काम भएको उक्त नाला निर्माणको कार्य गत पुस ४ गतेदेखि सुरु भई पुस १८ गते सम्पन्न भएको समितिका सचिव अशोक राईले जानकारी दिए ।

अध्यक्ष धिमालको अध्यक्षतामा आयोजित कार्यक्रममा सचिव राईले दुई लाख २० हजार तीन सय रुपैयाँ बराबरको आय–व्यय विवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रममा वडा पूर्वाधार समितिका संयोजक एवम् वडा सदस्य देवकुमार राई, वडा सदस्य ऐतराज नेम्वाङ, अर्जुनधारा प्रेस क्लबका उपाध्यक्ष रमेश समदर्शीलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन समितिका सचिव राईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here