नेपाली सेनाद्वारा शङ्कास्पद वस्तु निष्क्रिय

0
334

सिन्धुली,

नेपाली सेनाको निष्क्रिय टोलीले मरिण गाउँपालिका–३ मथौलीमा फेला परेको शङ्कास्पद वस्तुलाई निष्क्रिय पारेको छ ।

सो गाउँपालिका –३ वडा कार्यालयमा बुुधबार फेला परेको शङ्कास्पद वस्तुलाई नेपाली सेनाको टोलीले आज निष्क्रिय पारेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रञ्जु सिग्देलले शङ्कास्पद वस्तुलाई डिस्पोज गर्ने क्रममा ठूलो आवाजका साथ पड्किएकाले ‘प्रेसर कुकर बम’ हुनसक्ने जानकारी दिनुभयो ।

उहाँले निष्क्रिय टोली सदरमुकाम आएपछि थप जानकारी आउने बताउनुभयो । सो वस्तु कसले राखेको हो भन्ने अझै पुष्टि हुनसकेको छैन । कार्यालयमा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here