पाँचथर ।
पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ राँके बजारस्थित मेची राजमार्गमा मारुती भेन भित्र लुकाएर ल्याउँदै गरेको ४० कार्टुन अबैध भारतीय सिक्किमे मदिरा बरामद गरिएको छ ।
गत मंगलबार राति पौने १२ बजेको समयमा इलामबाट फिदिमतर्फ आउँदै गरेको उक्त मारुती भेनलाई प्रहरी चौकी राँकेबाट चेकजाँचमा खटिएको प्रहरीको टोलीले उक्त मदिरासहित भेनका चालक इलाम नगरपालिका–७ बरबोटे बस्ने बर्ष २६का निर्मल तिवारी, भेनमा सवार वर्ष २२का डिल्ली घिमिरे, इलाम नगरपालिका फिकक्ल बस्ने बर्ष ३६ की मोनिका आचार्यलाई पक्राउ गरेको थियो ।
नियन्त्रणमा लिएको मदिरा, भेन र पक्राउ परेका तीनैजनालाई राजश्व कार्यालय झापा पठाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।































