झापामा मोटरसाइकलले थिचिएको अवस्थामा युवकको शव फेला

0
600

झापा,

कमल गाउँपालिका–३ स्थित रतुवामाई सामुदायिक वनको कच्ची सडकमा मोटरसाइकलले थिचिएको अवस्थामा एक युवकको शव फेला परेको छ।

मे ११ प २७५ नम्बरको मोटरसाइकलले थिचिएको अवस्थामा इलामको चुलाचुली गाउँपालिका–२ का २१ वर्षीय अर्जुन तिवारीको शव मोटरसाइकलले थिचिएको अवस्थमा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

घटनाबारे अहिलेसम्म केही नखुलेको प्रहरीले जनाएको छ। यता घटनाको विषयमा प्रहरी चौकी केर्खाबाट र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गरिरहेको जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here