फागुनको पहिलो साताबाट सताक्षी गोल्डकप हुदैं

२५ पुष २०७६, शुक्रबार मा प्रकाशित

विनोद सापकोटा / झापा ।

तीन लाख बढी दर्शकले हेर्ने माईपश्चिम झापाको लोकप्रिय सताक्षी गोल्डकपको तेश्रो संस्करणका लागि अयोजकले तयारी शुरु गरेको छ । एन्फाले फागुन पहिलो साताको खेल तालिका सार्वजनिक गरेपछी आयोजक सतासीधाम स्पोर्टीङ्ग क्लव ले तयारी शुरु गरेको हो ।

माई पश्चिम झापाको ठुलो धनराशीको सताक्षी गोल्डकप झापा सहित पुर्वका ईलाम, पाँचथर, मोरङ्ग र सुनसरीका दर्शकले हेरेर मजा लिने गरेका छन । शिवसताक्षी नगरपालिका ११ झिलझिले स्थित गणेशमान सिंह प्राविधिक शिक्षालयको खेलमैदानमा यो सताक्षी गोल्डकप हुने गरेको छ । आयोजकले पहिलो र दोश्रो संस्करणको भव्य सफलता पाएपछी तेश्रो संस्करणको तयारीमा आयोजक जुटेको हो । तेश्रो संस्करणको तयारीका लागि आयोजकले पहिलो चरणमा मैदान सम्याउने, झार काट्ने र घेरावारा गर्ने काम शुरु गरेको छ ।

आयोजकलाई तेश्रो संस्करणको तयारीका लागि स्थानीय झिलझिले भेट्रानले सहयोग गरेको छ । विहीबार देखी झिलझिले भेट्रानले घेराबार, मैदान चिस्याउने र सम्याउने लगायतका काम गरिरहेको सतासीधाम स्पोर्टिङ्ग क्लवका उपाध्यक्ष फुर्वा तामाङ्गले बताए । अठार खेलाडी तेश्रो संस्करणको तयारीका लागि जुटेको भेट्रानका उपाध्यक्ष प्रदिप कार्कीले बताएका छन ।

आयोजकले १० हजार दर्शक वस्न सक्ने अस्थायी वेम्बो प्यारापिट मैदानको चारै दिशामा निर्माण गर्ने छ भने, आकर्षक डिजाईनको स्टेज निर्माणको तयारी पनी शुरु गरेको छ । आयोजकका अनुसार पुर्वपश्चिम राजमार्गमा प्रतियोगिताका अतिथी, खेलाडी तथा दर्शकको स्वागतद्धार निर्माण हुने छ । प्रतियोगिता सम्पन्न गर्न आयोजकले आवस्यक विषयगत उपसमिति गठन यसै सातामा गर्ने आयोजक समितिका अध्यक्ष रमेश लावतीले जानकारी दिए ।

सताक्षी गोल्डकपको पहिलो संस्करणको उपाधी नेपाल पुलिस क्लव र दोश्रो संस्करणको उपाधी त्रिभुवन आर्मीले जितेको थियो । आयोजकले खेलमा सहभागी हुने नेपालका ए डिभीजनका टिम र लागत अनुमानीत आम्दानी, खर्च को विवरण पत्रकार सम्मेलन गरेर माघ पहिलो सातामा सार्वजनिक गर्ने बताएको छ ।

स्पोन्सर खोज्दै आयोजक

सताक्षी गोल्डकप पहिलो र दोश्रो संस्करणको स्पोन्सर गोर्खा ब्रोअरी प्रालिको टुवोर्ग वियरले गरेको थियो । तेश्रो संस्करणका लागि आयोजकले कर्पोरेट कम्पनी संग लविङ्ग सुरु गरेको छ ।

आयोजकले प्रतियोगिताको टाईटल दिने गरी स्पोन्सर खोजिरहेको हो । आयोजक समितिका उपाध्यक्ष फुर्वा तामाङ्गका अनुसार १ नम्बर प्रदेशका झापा, मोरङ, ईलाम, पाँचथर, मोरङ्ग र सुनसरी लगायत सिमावर्ती भारतका पश्चिम वंगाल र विहारका फुटवल फ्यानले सताक्षी गोल्डकप हेर्ने गरेका छन ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here