चलचित्र ‘पर्खिबसे २’ बाट नायक बन्दै रवि लामिछाने …

२५ पुष २०७६, शुक्रबार मा प्रकाशित

काठमाण्डौं ।

चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेको पत्नी नीकिता पौडेलले फिल्म निर्माण गर्ने भएकि छिन् । गोपीकृष्ण मुभिजले हिमालयन मुभी स्टुडियोसँगको सहकार्यमा चलचित्र ‘पर्खी बसें’ को नयाँ सिरिज दर्शक माँझ ल्याउने भएको छ ।

गोपीकृष्ण मुभिजकी नीकिता पौडेल र हिमालयन मुभी स्टुडियोको विनोद सापकोटाबीच सहमति अनुसार ‘पर्खी बसें २’ निर्माण हुने भएको हो । यसैबिच, समाजिक संजालमा रवि लामिछानेले फिल्म खेल्ने कुरा चर्चामा आएको छ । पत्नीको लगानीमा बन्ने फिल्ममा लामिछानेले नायकको भुमिका खेल्ने चर्चा बढ्दै गएको छ ।

तर, आधिकारीक रुपमा भने रविले उक्त कुरा स्विकारेका छैनन् । रविको ‘लिडर’ भन्ने शो संचालनमा आउन लागेकाले पनि फिल्ममा उनी खेल्ने अनिश्चित नै हो । चलचित्रमा नीकिता र विनोद सापकोटाकै लगानी रहनेछ भने प्रदीप दाहाल र तीर्थप्रसाद पौडेल सहनिर्माताको रुपमा रहनेछन् । २०६४ को चैत अन्तिममा प्रदर्शनमा आएको चलचित्र ‘पर्खी बसें’ लाई दीपक श्रेष्ठले निर्देशन गरेका थिए ।

यसको दोस्रो सिरिजलाई ‘लभ डायरिज’ निर्देशक सौरभ चौधरीले निर्देशन गर्नेछन् । चलचित्रमा कथा पनि उनकै रहनेछ । फिल्म सांगीतिक प्रे‘म कथामा आधारित रहने छ । फिल्ममा रहने कलाकार र प्राविधिक औपचारिक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गर्ने तयारीमा टिम रहेको छ ।

यसको पहिलो सिरिजमा राज बल्लभ कोइराला, युना उप्रेती, निखिल उप्रेती लगायतको अभिनय रहेको थियो । उक्त समयमा यसको गीतसंगीतलाइ दर्शकले रुचाएका थिए भने पछि फिल्म पनि सुपरहिट भएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here