जनजीविका सम्वृद्धि बहउद्धेश्यीयको अध्यक्षमा पुनः नेपाल

0
1012

अर्जुनधारा ।

झापाको अर्जुनधारा–९मा रहेको जनजीविका सम्वृद्धि बहउद्धेश्यीय सहकारी संस्था लिमिटेडको सातौं साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।

संस्था सञ्चालक समितिका अध्यक्ष खेमप्रसाद नेपालको अध्यक्षता र झापा जिल्ला सहकारी संघकी सदस्य तुलसा कुँवरको प्रमुख आतिथ्यमा आयोजित सभामा स्वागत सदस्य जीतेश योञ्जनले गरेका थिए ।

सभामा समितिका अध्यक्ष नेपालले संस्थाको वार्षिक प्रगति प्रतिवेदन र आन्तरिक लेखा समिति संयोजक लोचन पोखरेलले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदन अनुसार २१ लाख ९१ हजार छ सय रुपैयाँ जम्मा चुक्ता शेयर पूँजी रहेको संस्थाले गत आर्थिक वर्ष ०७५÷०७६मा एक करोड १९ लाख ५८ हजार पाँच सय ५३ रुपैयाँ निक्षेप संकलन गरी एक करोड १३ लाख पाँच हजार छ सय ५० रुपैयाँ फिर्ता गरेको छ ।

त्यसैगरी सोही आर्थिक वर्षमा एक करोड दुई लाख ८२ हजार दुई सय १९ रुपैयाँ कर्जा लगानी गरी ९४ लाख ९४ हजार सात सय ७८ रुपैयाँ कर्जा असुली गरेको संस्थाको जम्मा आम्दानी नौ लाख ९८ हजार तीन सय ५४ रुपैयाँ, जम्मा खर्च नौ लाख १२ हजार आठ सय आठ रुपैयाँ र खुद नाफा ८५ हजार पाँच सय ४६ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै संस्थाको कोषमा विभिन्न शिर्षक अन्र्तगत नौ लाख ३३ हजार पाँच सय ८८ रुपैयाँ रहेको छ ।

सोही सभाको अवसरमा विभिन्न व्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा ज्येष्ठ शेयर सदस्यद्धय मकरध्वज गोदार र रेमनाथ सिग्देल, असल उद्यमीतर्फ रुपमाया बुढाथोकी, उत्कृष्ट बचतकर्तातर्फ मनमाया तामाङ, उत्कृष्ट बालबचतकर्तातर्फ कृपा पोखरेल रहेका छन् ।

त्यस्तै गत वर्षको एसईई परीक्षामा शेयर सदस्यका परीवारका सदस्यमध्ये उत्कृष्ट जीपीए ल्याई उत्र्तीण हुने सामुदायिक विद्यालयतर्फ नीता खतिवडा(२.७५ जीपीए) र संस्थागत विद्यालयतर्फ अस्मिता पोखरेल(३.३५ जीपीए)लाई प्रशंसा पत्र र नगद सहित पुरस्कृत गरिएको थियो ।

सभामा कालिका बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष कर्णबहादुर तामाङ, सहनशिल महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष ज्ञानकुमारी थापा, प्रज्वला अपाङ्ग तथा महिला बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष डिल्ली घोर्साईं, त्रिगाँउ जडिबुटी उत्पादन तथा प्रशोधन सहकारी संस्थाकी सदस्य नीरा कडरिया, सल्लाहकार धनकुमार दाहाललगायतको आतिथ्यता रहेको थियो । सभाको सञ्चालन उपाध्यक्ष भक्तबहादुर गोदार र सचिव रुद्रप्रसाद खतिवडाले गरेका थिए ।

सोही सभाले आगामी तीन वर्षे कार्यकालको लागि पुनः खेमप्रसाद नेपालको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति गठन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा जीतेश योञ्जन, सचिवमा भक्तबहादुर गोदार, सहसचिवमा छविलाल पोखरेल र कोषाध्यक्षमा कोपिला पौड्याल चयन भएका छन् ।

त्यसैगरी समितिको सदस्यहरुमा उमा रिजाल राई, इन्द्रप्रसाद गिरी, कमला पौड्याल, धनकुमार दाहाल, मेनुका कुँइकेल थापा र मोहन मिश्र चयन भएका छन् । त्यस्तै सभाले रुद्रप्रसाद खतिवडाको संयोजकत्वमा गंगाप्रसाद प्रसाईं र सुवास भट्टराई सदस्य रहेको तीन सदस्यीय आन्तरिक लेखा परीक्षण समिति गठन गरेको छ ।

सोही सभाले सञ्चालक समितिको बैठकबाट संयोजक चयन गर्ने गरी गोमा तामाङ र टंकनाथ खतिवडालाई तीन सदस्यीय ऋण समितिको सदस्यमा चयन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here