‘बचत गर्ने बानीको विकासमा सहकारीको भूमिका’

0
610

बिर्तामोड।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. झापाको वित्तीय साक्षरता समितिको आयोजनामा अर्जुनधारास्थित शनिश्चरे माविको प्राङ्गणमा अन्तर मावि वक्तृत्वकाला प्रतियोगिता सम्पन्न भएको छ ।

‘बचत गर्ने बानीको विकासमा सहकारीको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगिताबाट वित्तीय सेवा तथा जीविकोपार्जनमा दीगो पहुँच पु¥याउन साथै सहकारीका कर्मचारीहरुको क्षमता विकास हुने बताइयो ।

उक्त वक्तृत्वकला प्रतियोगितामा अर्जुनधारा नगरपालिका तथा बुद्धशान्ति गाउँपालिका अन्तर्गतका संस्थागत तथा सामुदायिक १७ वटा विद्यालयको सहभागिता रहेको थियो । विद्यालयमा बिद्यार्थीहरुलाई बचत गर्ने तथा सहकारीको विषयमा जानकारी गराउने उद्देश्य अनुरुप कार्यक्रम आयोजना गरिएको वित्तीय साक्षरता समितिका सदस्य कमलप्रसाद पाठकले बताए ।

अन्तर मावि वक्तृत्वकला प्रतियोगितामा महानन्द शिक्षा सदन, बुद्धशान्तिका पुष्कर पौडेल प्रथम, एरा एभरग्रिन इङ्लिस स्कूलकी दिप्सना मैनाली दोश्रो, सिंहदेवी मावि अर्जुनधारा–१का रुविस खतिवडा तेश्रो भएका थिए । त्यस्तै प्रगति सेकेण्डरी स्कूल अर्जुनधारा–५की प्रिजा पौडेल सान्त्वना भएकी थिइन् ।

उक्त कार्यक्रममा प्रथम, दोश्रो, तेश्रो तथा सान्त्वनालाई क्रमशः ३ हजार, २ हजार, १ हजार तथा ५ सय रुपैयाँ साथै प्रमाणपत्र वितरण गरिएको थियो ।

शनिश्चरे कार्यालयगत समितिको कार्यवाहक संयोजक हरिभक्त बरालले स्वागत मन्तव्य राखेको कार्यक्रममा वित्तीय साक्षरता समितिको सदस्य कृष्णप्रसाद भट्टराईले औचित्यमाथि प्रकाश पारेका थिए ।

कार्यक्रमको प्रमुख अतिथि शनिश्चरे माविका प्रधानाध्यापक चेतामणि खनाल रहेका थिए । कार्यक्रमको अध्यक्षता वित्तीय साक्षरता समितिको संयोजक गोपाल प्याकुरेलले गरेका थिए । कार्यक्रमको सञ्चालन सदस्यसचिव अरुणकुमार प्रधानले गरेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here