आदर्श विद्या मन्दिरको ६२ औं वार्षिकोत्सव सम्पन्न

0
1115

बिर्तामोड ।

झापाको कनकाई नगरपालिका ९ घैलाडुब्बास्थित आदर्श विद्या मन्दिर माध्यमिक बिद्यालयको ६२ औं वार्षिकोत्सब कार्यक्रम सम्पन्न भएको छ ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयप्रसाद राजवशीको अध्यक्षता तथा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोख्रेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका सदस्य धर्मप्रसाद चापागाईंले स्वागत गरेका थिए ।

कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक धर्मानन्द निरौलाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले अध्ययन गरेको विद्यालय प्रविधिमैत्री बनेको बताए । उनले विद्यालयमा भएका सबै कक्षाकोठामा सिसि क्यामेरा जडान गरिएको , हरेक कक्षाकोठामा साउण्ड सिस्टम समेत फिट गरिएको बताए ।

विद्यालयका प्रधानाध्यापक निरौलाले अध्ययनका वेला सबैकक्षाको कार्यालयमा रहेर सुपरिवेक्षण गर्ने र विद्याथीलाई निर्देशन दिनुपर्ने भएमा कार्यालयबाटै माइक्रोफोनबाटै दिने गरेको बताए । हरेक दिनको विद्यार्थीको उपस्थितिका लागि प्रत्येक कक्षाकोठामा उपस्थिति बोर्ड राखिएको बताउँदै उनले विद्यालयमा शैक्षिक वातावरण र विद्यार्थी हेरचाहका लागि सुरक्षा गार्डको समेत व्यवस्था मिलाइएको जानकारी दिए ।

विद्यालयललाई पुर्ण डिजिटल प्रविधिमा लैजाने क्रममा बैकल्पि उर्जा प्रवद्र्धन केन्द्रले सोलार जडान गरिदिएको बताउँदै उनले विद्यालयमा केहि बर्ष पहिलेबाट भुतपुर्व विद्यार्थीको आर्थिक सहयोगमा खानेपानीका लागि अत्याधुनिक फिल्टर समेत जडान भइसकेको बताए ।

कार्यक्रममा बिद्यालयका पूर्व प्रधानाध्यापकहरु प्रमोदचन्द्र शर्मा र रत्नप्रसाद खवासलाई सम्मान गरिएको थियो भने अवकास प्राप्त शिक्षकहरु गुरुप्रसाद राजवंशी , मोहनप्रसाद शिवाकोटी र भरतध्वजलाल कर्णलाई सम्मान सहित बिदाई गरिएको थियो । त्यस्तै कार्यक्रममा शिक्षकद्वय लेखनाथ शर्मा उप्रेती र सुशीला सुवेदीलाई प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रधानमन्त्री के.पि.शर्मा ओलीबाट स्थापित छात्रवृत्तिवाट एसईईमा उत्कृष्ट जिपिए ल्याउने दुई जना, डा.रामप्रसाद उप्रेतीबाट स्थापित छात्रवृत्तिबाट प्रावि, निमावि र माविमा उत्कृष्ट नतिजा ल्याउने तीन जना, गोबिन्द बेदमाया छात्रवृत्तिबाट गरीब तथा जेहेन्दार एक जना तथा स्व. लक्ष्मीप्रसाद पराजुली स्मृति शिक्षा पुरस्कारबाट कक्षा ८ मा उत्कृष्ट जिपिए ल्याउने दुई जना गरि जम्मा ८ जना विदार्थीलाई प्रशंसा पत्रसहित छात्रवृति प्रदान गरिएको थियोे ।
सोही कार्यक्रममा प्राविधिक विषय अन्तरगत यसै वर्षदेखि कक्षा ९ बाट सञ्चालित सिभिल ईन्जिनियरिङ विषयको विधिवत् उद्घाटन गरिएको थियो ।

विद्यालयले यसैबर्षदेखि कक्षा ९ बाट सञ्चालित सिभिल इन्जिनियरिङ्ग विषयमा ४८ जना विद्यार्थी अध्ययनरत् रहेको बिद्यालयका प्रधानाध्यापक धर्मानन्द निरौलाले बताए ।

सिभिल इन्जियरिङ्गको पठनपाठनका लागि झापाका विभिन्न स्थानबाट समेत विद्यार्थीहरु आएको बताउँदै प्रधानाध्यापक निरौलाले देशकै प्रधानमन्त्री समेत उत्पादन गरिसकेको विद्यालयले आगामी दिनमा देश निर्माणका लागि सक्षम इन्जिनियरहरु उत्पादन गरेर देश निर्माणका योगदान पुर्याउने लक्ष्य राखेको जानकारी दिए ।

कार्यक्रममा कनकाई नगर शिक्षा प्रमुख पिताम्वर गौतम, कनकाई नगरपालिका वडा नं ९ का वडाध्यक्ष प्रेमप्रसाद राजवशी लगायतले शुभकामना राखेका थिए । सोही कार्यक्रममा कक्षा ९ बाट सञ्चालित सिभिल ईन्जिनियरिङ विषयमा अध्ययनरत् विद्यार्थीले प्राविधिक औजारहरुको प्रदशर्न समेत गरेका थिए ।

वार्षिकोत्सब कार्यक्रम अन्तरगत खेलकुद र अन्तर सदनात्मक साँस्कृतिक कार्यक्रम गरिएको बिद्यालयका प्रधानाध्यापक धर्मानन्द निरौलाले बताए । कार्यक्रमको सञ्चालन शिक्षक नरहरी न्यौपाने , कक्षा ९ का विद्यार्थी भावना अधिकारी ,दिक्षा थापा र सुस्मीता कार्कीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here