ऊँ नम : शिवायको सातौं बार्षिक साधारणसभा

0
519

बिर्तामोड ।

ऊँ नम : शिवाय बचत तथा ऋण सहकारी संस्था बिर्तामोड–५ को सातौं बार्षिक साधारणसभा शनिवार बुट्टावारीको दशनामी समाज झापाको भवनमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष भरतलाल गिरीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल दशनामी समाज झापाका संस्थापक अध्यक्ष कुलप्रसाद गिरी रहेका थिए ।

संस्थाका अध्यक्ष भरतलालले प्रस्तुत गरेको प्रतिवेदन अनुसार आर्थिक बर्ष २०७५÷०७६ सम्ममा एकहजार ४ सय ५१ जना शेयर सदस्य तथा शेयर रकम एक करोड ७२ लाख १० हजार छ । संस्थाको निक्षेप ४५ लाख ५१ हजार ४ सय ५९ रुपैयाँ ९ पैसा रहेको संस्थाले २ करोड १४ लाख ६४ हजार १ सय ७५ रुपैयाँ ४८ पैसा रहेको अध्यक्ष भरतलालद्धारा प्रस्तुत प्रतिवेदनमा छ ।

संस्थाका उपाध्यक्ष खिलबहादुर गिरीले स्वागत गरेको कार्यक्रममा बृद्धबृद्धा कुलप्रसाद गिरी, मानबहादुर गिरी, होमबहादुर गिरी, अम्वरबहादुर गिरी, गोवर्धन गिरी, इन्द्रनारायण गिरी, माथुराम गिरी, जगतबहादुर भारती, रत्नबहादुर गिरी, तारामान पुरी र जंगवीर पुरीलाई सम्मानसहित मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा नेपाल दशनामी समाज केन्द्रिय बरिष्ठ उपाध्यक्ष गोविन्दविक्रम गिरी, केन्द्रीय सहकोषध्यक्ष डम्वर वन, केन्द्रीय सदस्य लवकुश गिरी, नेपाल दशनामी समाज झापा महिला अध्यक्ष पार्वता गिरी, दशनामी समाज झापा उपाध्यक्ष सत्यरुपा वनलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन दशनामी प्रदेश नं. १ अध्यक्ष चन्द्रप्रसाद गिरीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here