गरामनी कृषि सहकारीको १२ औं साधारण सभा

0
977

बिर्तामोड ।

गरामनी कृषि सहकारी संस्था बिर्तामोड ३ विर्तावजारको १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ताराप्रसाद चापागाईंको अध्यक्षता तथा जिल्ला सहकारी संघ क्षेत्र नं २ क्षेत्रीय समन्वय समितिका पूर्व संयोजक कमलबहादुर बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा लेखा समितिका संयोजक पदमप्रसाद बाँस्कोटाले स्वागत गरेका थिए ।

कार्यक्रममा जिल्ला सहकारी संघ क्षेत्र नं २ क्षेत्रीय समन्वय समितिका पूर्व सह संयोजक राधाकृष्ण अधिकारी , रामजानकी कृषि सहकारी संस्थाका अध्यक्ष डिवी कार्की ,सुनकोशी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति सदस्य आनन्द राई, देउराली बचत तथा तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रकाश बराललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा असल वचतकर्ता तिलाचन ल्वागुन , असल ऋणी यामकुमारी राई , उत्कृष्ट कर्मचारी मुना श्रेष्ठलाई सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष चापागाईंले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाका शेयर सदस्य एक हजार चार सय ६९ जना , शेयर पूँजी एक करोड दुई लाख रुपैयाँ, निक्षेप संकलन एक करोड सात लाख ८५ हजार दुई सय ९१ रुपैयाँ ३५ पैसा, ऋण लगानी दुई करोड ५७ लाख दुई हजार सात सय ३७ रुपैयाँ , आम्दानी ३७ लाख ८९ हजार तीन सय ३ सय ५३ रुपैयाँ ७५ पैसा , खर्च ३५ लाख ३८ हजार तीन सय दुई सय ७२ रुपैयाँ ७९ पैसा रहेको प्रतिवेदनमा उल्लेख छ ।

लेखा समितिका संयोजक पदमप्रसाद बाँस्कोटाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव देवीप्रसाद चापागाईंले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here