छोरी सुरक्षा कार्यक्रम प्रभावकारी बन्दै

0
502

जुम्ला,

छोरी सुरक्षा कार्यक्रम यहाँ प्रभावकारी बन्दै गएको छ । कनकासुन्दरी गाउँपालिका –८ संज्यलवाडाकी शान्ति संज्यालले छोरीको लालन पालन गर्न कार्यक्रमले सहयोग पु¥याएको जानकारी दिइन् ।

उनीले भनिन, “ छोरीको जीवन अर्काको घर जान्छे भनेर हेला गर्दछन् । सरकारले थोरबहुत सहयोग गरेर राम्रो ग¥यो । ” गतसाउन १३ गते छोरी उनीले छोरी जन्मदिएकी थिइन् । नजिकको वडा कार्यालयले छोरीको नाममा बैँक खाता खोलीदिई रु ५०० खातामा जम्मा गरिदिएको थियो ।

“ हरेक महिना जम्मा हुने पैसाले छोरी पढाउँछु । ।” उनीले खुशी हुँदै भनिन् । कार्यक्रम कार्यान्वयनमा आएपछि खाता खोल्न आउनेको सङ्ख्या बढ्दो छ । गाउँपालिकाले छोरीको खाता खोल्न आउने आमाका लागि विशेष प्रथामिकता दिएको छ ।

बैँकमा आउने महिलालाई खाता खोल्न सहयोग गर्दै आएको कुमारी बैंक कनकासुन्दरी शाखा प्रबन्धक भीमबहादुर धामीले जानकारी दिनुभयो । कनकासुन्दरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गंगाराम सापकोटाले प्रदेश सरकारले छोरी सुरक्षा कार्यक्रममार्फत् मानव विकास सुचकांङमा पछाडी रहेका कर्णालीलाई माथि उठाउन कार्यक्रम कार्यान्वयनमा ल्याएको जानकारी दिनुभयो ।

गरीबी न्यूनीकरण, बालविवाह अन्त्य, शिक्षा पहुँच विस्तारको ध्येय कार्यक्रमले लिएको छ । चालू आर्थिक वर्षको साउनपछि जन्मेका प्रत्येक छोरीको अनिवार्य बंैकमा खाता हुने र खातामा गाउँपालिकाले पहिलो महिना रु एक हजार र बाँकी महिनाको रु ५०० का दरले पैसा जम्मा गरिदिने नीति लिएको छ ।

छात्राले माध्यामिक तह उत्तीर्ण गर्नुपर्ने र २० वर्ष उमेर नपुगी विवाह गर्न नपाउने प्रावधान रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here