व्यास नगरक्षेत्रको खानेपानीको समस्या हट्दै

0
600

तनहुँ, 

व्यास नगरपालिकाभित्र पानीको समस्या समाधान गर्न मादी नदी नयाँ लिफ्टिङ आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार (डिपिआर) सम्पन्न भएको छ ।

नगरपालिकाको १४ वडामध्ये १ मा सबैभन्दा धेरै दुई हजार ४६० जनसङ्ख्या रहेका छन् । वर्षमा २०० देखि ३०० सम्म नयाँ घर निर्माण हुने क्रम बढेसँगै यस क्षेत्रमा खानेपानीको समस्या रहँदै आएको छ । भादगाउँ करादी खिरखादी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले हालसम्म दुई हजार २७१ निजी धारा जडान गरिसकेको छ ।

करीब एक नयाँ धारा जडानका लागि उपभोक्ताले निवेदन दिएको समितिले जनाएको छ । विसं २०५६ मा स्थापना भएको उक्त संस्थाले शुरुमा ५२ सार्वजनिक धारा वितरणकार्यबाट शुरुआत गरेको उक्त समितिले छाब्दी खोलाको मुहान र खिरखादी खोलाको मुहानको पानीले उपभोक्तामा वितरण गर्दै आएको छ ।

खानेपानीले पनि त्यस क्षेत्रमा सहज नभएपछि व्यास नगरपालिका कार्यालय र खानेपानी संस्थाको सहलगानीमा रु ५० लाखको छाब्दी खोला विद्युतीय लिफ्टिङ आयोजना सम्पन्न गरी खानेपानी वितरण गर्दै आएको समितिका सचिव राजेश्वर हड्खलेले जानकारी दिनुभयो ।

खिरखादीको मुहानबाट नौ लिटर र छाब्दी खोलाको दुई विद्युतीय लिफ्टिङबाट नौ लिटर गरी १८ लिटर प्रतिसेकेण्ड पानीको क्षमता रहेको उहाँले बताउनुभयो । मुहानदेखि उपभोक्ताको धारासम्म खानेपानी सुरक्षा विभागको मापदण्डअनुरुप सफा, शुद्ध र गुणस्तरयुक्त खानेपानी लागि समितिले मुहान र ट्रिटमेन्ट प्लान्टको सुरक्षा तथा सरसफाइ खानेपानीको दैनिक गुणस्तर परीक्षण गर्दै आएको खानेपानी उपभोक्ता समितिले जनाएको छ ।

नेपाल सरकारको ७० प्रतिशत र खानेपानी समितिको ३० प्रतिशतको सहलगानीमा सो योजनाको लागि करीब रु २९ करोड ८२ लाखको डिपिआर सर्भेकार्य सम्पन्न भएको छ । हाल नयाँ योजनाअन्तर्गत २५० घनामिटर क्षमताको रिजर्भ ट्याङ्की ट्रिटमेन्ट प्लान्ट निर्माण गरी करीब २० किलोमिटर दूरीको शाखा लाइनमा पाइप बिच्छ्याउने कार्य सम्पन्न भएको छ ।

उक्त आयोजनाको ट्रिटमेन्ट प्लान्ट निर्माणको लागि संस्थाले दुई रोपनी चार आना जग्गासमेत खरीद गर्नुपरेको थियो । उक्त आयोजना आगमी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको उपभोक्ता समितिले जनाएको छ । उपभोक्ताहरुको ध्यानलाई मध्यनजर राख्दै खानेपानी समितिले इ–सेवा र आइएमइ–पेमार्फत तथा मोबाइल बंैकिङमार्फत पनि भुक्तानी गर्ने व्यवस्था मिलाइएको समितिका व्यवस्थापक ईश्वर श्रेष्ठले बताउनुभयो ।

भादगाउँ क्षेत्रमा तीव्ररूपमा शहरीकरण बढ्दै गएकाले खानेपानीको समस्यालाई सहजरूपमा पूर्ति गर्न नयाँ योजनाको निर्माणकार्य अघि बढाइएको हो । समितिले नयाँ घर निर्माणअगावै धारा जडान गर्दा रु ३५ हजार, व्यक्तिगत नयाँ धारा जडान गर्न रु २१ हजार ८०० र संस्थागत रु १० हजार शुल्कमा धारा जडानको व्यवस्था मिलाएको समितिका अध्यक्ष चिजबहादुर दरैले जानकारी दिनुभयो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here