चमरधाप प्राविका विद्यार्थीलाई न्यानो कपडा

0
513

बिर्तामोड।

सैनिकबजारस्थित विशाल कृषि सहकारी सहकारी संस्था र बसन्त ब्चत तथा ऋण सहकारी संस्थाले बिर्तामोड–१० मा रहेको चमरधाप प्राविका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन् ।

विद्यालयका प्रधानाध्यापक नरेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा बसन्त र विशाल सहकारीका अध्यक्षद्वय रुपनारायण मुखिया र पृथ्वी बस्नेतले ४२ थान न्यानो कपडा विद्यार्थीलाई प्रदान गरेका थिए ।

जाडोका कारण न्यानो कपडाको अभावमा विद्यालय आउन नसक्ने विद्यार्थीलाई संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत न्यानो कपडा वितरण गरिएको बसन्त सहकारीका अध्यक्ष रुपनारायण मुखियाले बताए ।

विद्यालयका प्रधानाध्यपक नरेन्द्र गुरुङले दाताप्रति धन्यबाद ज्ञापन गरेको कार्यक्रममा व्यवस्थापक हेमराज खनाल, टेकबहादुर देवान लगायतले संस्थाले गरेको कार्यको प्रशंसा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here