बिर्तामोड,

उमामहेश्वर शिवालय मन्दिर अर्जुनधारा नगरपालिका वडा नं. ११ को तेस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
संस्थाकी अध्यक्ष कुसुमादेबी लुइँटेलको अध्यक्षता तथा वडा नं. ११ का वडाध्यक्ष भैरबबहादुर खड्काको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बार्षिक प्रतिवेदन उपाध्यक्ष देवराज भारतीले प्रस्तुत गरेका थिए । उनले पूजाभेटी, देउसी र वार्ड कार्यालयबाट प्राप्त अनुदानसहित दुई लाख १८ हजार सात सय ७७ रुपैयाँको आयव्यय प्रस्तुत गरेका थिए ।
कार्यक्रममा मन्दिरलाई ५१ हजार सहयोग गर्ने दाताहरु शुसिला भारती, प्रेमराज इङ्गनाम, यामबहादुर खवास, तिलक पुरी, तीर्थबहादुर राई, चित्रबहादुर भारती, पर्शुराम राई, लीला भट्टराई, ताराबहादुर कटुवाल, राममाया कटुवाल, कौसिला शिवाकोटी, सबिता ढुंगाना र जग्गादाता दूर्योधन राईलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा वडाध्यक्ष भैरबबहादुर खड्का, वडा सदस्य मोहन योगी, दाता काजीमान याक्सो, हस्तबहादुर परियार, नरेन्द्र खड्का, बोलप्रसाद कोइराला, दधिराम उप्रेती लगायतले शुभकामना मन्तव्य राखेका थिए । संस्थाकी सचिव रमा खवासले स्वागत गरेको कार्यक्रमको सञ्चालन सदस्य रनबहादुर योगीले गरेका थिए ।































