आफैँलाई गोली हान्दा प्रहरी हबल्दारको मृत्यु

0
416

जाजरकोट,

नलगाड नगरपालिका वडा नं ७ स्थित इलाका प्रहरी कार्यालय दल्लीमा कार्यरत प्रहरी हबल्दार भोजबहादुर कठायतको मृत्यु भएको छ ।

बाजुरा जिल्ला घर भई चारमहिनादेखि सो कार्यालयमा कार्यरत ३५ वर्षीय कठायतले आफैलाई कन्चटमा गोली हान्दा आज बिहान मृत्युभएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो ।

उहाँले घटनाका बारेमा छानविन गर्न टोली परिचालन भएको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here