मेचीनगरमा राष्ट्र निर्माताको चर्चा

0
523

काँकरभिट्टा ।

राष्ट्र निर्माता पृथ्वीनारायण शाहाको २९८ औँ जन्मजयन्ती तथा एकता दिवस आइतबार झापाको मेचीनगरमा विविध कार्यक्रमका साथ मनाइएको छ ।

इटाभट्टा बजार व्यवस्थापन समितिले आयोजना गरेको कार्यक्रममा डेढदर्जन बढी ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको थियो । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यको प्रमुख आतिथयता र प्रज्ञा प्रतिष्ठानका पुर्व प्राज्ञ सदस्य एवम् साहित्यकार यज्ञराज प्रसाईको विशिष्ट आतिथित्यामा भएको कार्यक्रममा पृथ्वीनारायण शाहाको तस्वीरमा माल्यपर्ण गदैं उनीप्रति श्रद्घा सुमन अर्पण गरिएको थियो ।

कार्यक्रममा बोल्ने अधिकाश वक्ताहरुले नेपाल एकीकरण अभियानमा उनले पुर्याएको योगदानको चर्चा गदैं एकीकरण अभियानका नेतृत्वकर्ता शाहको २९८ औँ जन्मजयन्तीको अवसरमा शाहप्रति श्रद्घाञ्जली र श्रद्घा सुमन अर्पण गरिएको बताएका थिए । छरिउर रहेका २२ सौ र २४ सौसहित अनेक राज्यहरुलाई एकीकृत गरे सुदृढ नेपाल निर्माणमा शाहले खेलको भूमिका प्रशंसनिय रहेको बताएका थिए ।

कार्यक्रममा नारायण कोइराला, बद्री महत, झुमादेवी बाँनिया मोहन भेटवाललगायतले बोल्नुभएको थियो । राप्रपा संयुक्तका झापा जिल्ला सचिव निरबहादुर कार्कीले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता विनोद बानिया र स्वागत गिरीराजमणि पौडेलले गर्नुभएको थियो । कार्यक्रममा उद्योगी, व्यवसायीसहित सर्वसाधारणको उल्लेखिय सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here