पर्यटन प्रर्बद्धन गर्न मुनामदनमा जातिय पोशक

0
1147

बिर्तामोड ।

सरकारले विभिन्न कार्यक्रम गरेर भ्रमण वर्ष मनाई रहेका बेला झापाको एक विद्यालयले समेत भ्रमण वर्षलाई प्रवद्र्धन गर्न सांस्कृतिक पोशकको अवधारणा अघि सारेको छ ।

सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाउने उद्धेश्यले स्थानीय, प्रादेशिक तथा संघिय सरकारले विभिन्न कार्यक्रमहरुको आयोजना गरिरहेका बेला झापाको बुद्धशान्ती स्थित मुनामदन एकाडेमीले पनि भ्रमण बर्षलाई स्वागत भन्दै आफ्ना विद्यार्थीहरुलाई परम्परागत र जातिय पोषाक लगाउन आह्वान गरेको छ ।

हरेक महिनाको अन्तिम मंगलबार कक्षा ५ देखि कक्षा १२ सम्मका विद्यार्थीले ऐच्छिक रुपमा आफ्ना जातिय पोषाक लगाउन मिल्ने बिध्यालयका प्रिन्सिपल चेतन ढुङ्गेलले जानकारी दिए । एक हजार भन्दा माथी विद्यार्थी रहेको उक्त बिद्धालयमा २० भन्दा बढी जातजातिका बिद्यार्थीहरु अध्ययनरत छन् ।

भ्रमण बर्ष २०२० लाई भव्यताका साथ सफल बनाउन आफ्नो बिध्यालयले बहुजाती,बहुभाषि ,बहु साँस्कृतिक समाजमा आफ्नो संस्कार भाषा ,भेषभुषाको संरक्षण गर्न सकियोस भन्दै यो कार्यक्रम संचालन गरिएको प्रिन्सिपल ढुङ्गेलले बताए ।

प्रिन्सिपल ढुङ्गेलले यस्तो कार्यक्रम पुर्वान्चलमै पहिलो भएको पनि दावी पनि गरेका छन् । बुद्धशान्तिको मात्रै नभएर झापामै अब्बल रहेको मुनामदन एकाडेमीले यसअघि पनि उत्कृष्ट कार्यक्रम गरि आएको छ ।

मुनामदन एकाडेमीले अतिरिक्त कार्यक्रमहरु अन्र्तगत अन्तर विद्यालय फुटबल, सांकृतिक, हाजीरि जवाफ, वक्तित्वकला, निबन्ध लेखन प्रतियोगितामा उत्कृष्ट हुदै सम्मानित भइरहेको छ । बुद्धशान्तिको साविक शान्तिनगर र इलामको रोङ गाँउपालिकाबाट आउने विद्यार्थीले विद्यालयको पठनपाठन शैली ,अरिरिक्त क्रियाकलावमा गरेको प्रगतिप्रति अभिभावकहरु सन्तुष्टि रहेका बताएका छन् ।

विद्यार्थीहरुले जाति पोशाक लगाँउदा आफ्नो संस्कृतिको संरक्षण हुनुका साथै अन्य जातिको भाष, संस्कृति र पहिचानको विषयमा जानकारी लिन सहज हुने बताइएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दै नेपालको जातिय पहिचानको विषयमा जानकारी गराउने उद्धेश्यले यस्तो कार्यक्रम ल्याइएको विद्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here