टाटा मोटर्सको कार मेला बिर्तामोडमा शुरु

0
639

बिर्तामोड।

झापाको प्रमुख व्यापारिक केन्द्र विन्दूमा रहेको बिर्तामोडमा आजबाट टाटा मोटर्सको कार मेला शुरु भएको छ ।

टाटा मोटर्सको नेपालस्थित एक मात्र आधिकारिक बिक्रेता सिप्रदी टे«डिङ्गले र सिप्रदी टे«डिङ्गको आधिकारीक बिक्रेता अलस्का अटोमोबाईल्स प्रा.लि.को सहकार्यमा कार मेला शुरु भएको हो । मेला २८ गतेसम्म सञ्चालन हुनेछ ।

कार मेला बिर्तामोडस्थित अलस्का अटोमोबाईल्स, टाटा शोरुममा बिहान ११ः०० बेजदेखि साँझ ७ः०० बजेसम्म सञ्चालन हुने अलस्का अटो मोवाइल्सका सञ्चालक प्रकाश शिवाकोटीले जानकारी दिए । मेलामा ग्राहकहरुले एकै स्थानबाट बिभिन्न गाडी किन बेच्ने सुबिधा प्राप्त गर्न सक्नेछन् ।

मेलामा टाटा मोटर्सका विभिन्न मोडलका गाडीहरु एकै स्थानबाट खरिद गर्नुका साथै ग्राहकहरुले आफ्नो कुनै पनि पुरानो गाडीलाई नयाँ गाडी सँग साट्न सक्ने बताइएको छ । मेलामा ग्राहकहरुले On the spot Financing का साथै पुरानो गाडीको उत्कृष्ट मूल्याकंन र Exchange Loyalty Bonus जस्ता सेवा तथा सुविधाहरु पाउने आयोजकले जनाएको छ ।

मेलामा प्रवेश निःशुल्क रहेको छ भने अन दि स्पोर्ट् फाइनान्सिङ्ग , पुरानो गाडीको उत्कृष्ट मूल्याकंन र Exchange Loyalty Bonus टेस्ट ड्राइभको व्यवस्था, फोटो सुट, नेल आर्ट, फेस पेन्टिङ्ग साथै स्वादिष्ट परिकारहरुको समेत व्यवस्था रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here