मयुरको सातौ बार्षिक साधारणसभा

0
525

बिर्तामोड ।

मयुर बचत तथा ऋण सहकारी संस्था बिर्तामोड–४ को अध्यक्षमा दिनेश घिमिरे चयन भएका छन् । संस्थाको सातौ बार्षिक साधारणसभाले घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

नवगठित समितिको उपाध्यक्षमा भुवन थापा, सचिवमा पुकार थापा र कोषाध्यक्षमा सुशिला कार्की चयन चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा जयन्तीदेवी दाहाल, अनु थापा, हेमराज कार्की, सुशिला कुइकेल र रोयक थापा चयन भएका छन् ।
त्यस्तै सोही साधारण सभाले लेखा समिति संयोजकमा पुजन घिमिरे र सदस्यहरुमा रोमन थापा र रोजी थापा आलेलाई चयन गरेको छ भने ऋण उपसमितिको संयोजकमा हेमराज कार्की र सदस्यहरुमा पुनम थापा र अनु थापालाई चयन गरेको छ ।

संस्थाका अध्यक्ष दिनेश घिमिरेको अध्यक्षता तथा बिर्तामोड नगरपालिका वडा नं. ४ का अध्यक्ष कुलप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वागत संस्थाका सदस्य योगबहादुर खड्काले गरेका थिए ।

कार्यक्रममा बिर्तामोड बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सरोज उप्रेती, नेपाल अडिटर्स एसोशिएसन झापाका उपाध्यक्ष होमनाथ उप्रेतीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा जेष्ठ नागरिक विनादेवी थापा, असल बचतकर्ता खेम सुनुवार, प्रह्लाद अधिकारी, असल ऋणि यदुनारायण गिरी, सविन कार्की, उत्कृष्ठ कर्मचारी सुमन थापा र राधिका पौडेललाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष दिनेश घिमिरेले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाको शेयर सदस्य ९ सय ९५ जना , शेयरपुँजी ५० लाख ५२ हजार एकसय , निक्षेप संकलन एक करोड २९ लाख २७ हजार २ सय ५४ रुपैयाँ , कर्जा लगानी एक करोड ५२ लाख ८४ हजार ७ सय ३९ रुपैयाँ , कुल आम्दानी १८ लाख ९४ हजार ३ सय ७९ र कुल खर्च १७ लाख ७४ हजार ५८ रुपैयाँ गरी खुद नाफा १ लाख १४ हजार ३ सय ४ रुपैयाँ ९५ पैसा गरेको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रमको सञ्चालन संस्थाका सदस्य नवराज पाण्डे नविनले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here