ग्लोवल कृषिको सातौ बार्षिक साधारणसभा

0
572

बिर्तामोड ।

ग्लोवल कृषि सहकारी संस्था बिर्तामोडको सातौ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष रमेश थापाको अध्यक्षता तथा युवा तथा साना व्यवसायी स्वरोजगार कोष जिल्ला संयोजन तथा अनुगमन समिति झापाका सदस्य सचिव सन्तोष सापकोटाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सञ्चालक समिति सदस्य तोयानाथ दाहालले स्वागत गरेका थिए ।

वालगायक इरन्त पौडेलले गीत प्रस्तुत गरेको कार्यक्रममा पाथिभरा टोल सुधार समितिका सचिव बालकृष्ण रिमाल, पत्रकार प्रदीप परियारलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष थापाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाको शेयर सदस्य सात सय ६२ जना शेयर पँुजी ३८ लाख ४९ हजार ८ सय रुपैयाँ , निक्षेप हिसाव ९१ लाख ११ हजार २ सय ६५ रुपैयाँ १३ पैसा र ऋण लगानी एक करोड ५४ लाख ८७ हजार ९ सय ८४ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै संस्थाले युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट लिएको ऋण मध्ये १८ लाख ९५ हजार ७४ रुपैयाँ मात्र तिर्न बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा ज्येष्ठ शेयर सदस्य लक्ष्मी कामी, उत्कृष्ट बचतकर्ता लोकनाथ सापकोटा, उत्कृष्ट ऋणि खिलसरी राजवंशी, उत्कृष्ट कर्मचारी कमला राजवंशी,शेयर सदस्यका छोराछोरी मध्ये एसईईमा उत्कृष्ट अंक ल्याउने नविन दाहाललाई सम्मान गरिएको थियो ।

सोही साधारण सभाले नेपाल सरकारको सहकारी नीति अनुरुप पूर्व नेपाल बहुउदेश्यीय सहकारी तोपगाछीसंग मर्जमा जाने निणर्य गरेको संस्थाका व्यवस्थापक खगेन्द्र आचार्यले जनकारी दिए ।
कार्यक्रमको सञ्चालन संस्थाका कर्मचारी नविन कटुवालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here