कल्याणेश्वर शिवालयमा पुराण शुरु

0
516

झिलझिले ।

झापा निर्वाचन क्षेत्र नम्बर ४ प्रदेशसभा (क) का सांसद झलकवहादुर दर्लामी मगरले समाजका हरेक नागरिकको मेलमिलाप र अमनचयन रहयो भने विकास निर्माणले गति लिने बताएका छन ।

शिवसताक्षी नगरपालिका वडा नम्बर ८ को कल्याण चोकमा कल्याणेश्वर शिवालय मन्दिर बिकास समितिले आज देखी शुरु गरेको श्रीमद्भागवत धनधान्याञ्चल महापुराणको उद्धघाटन गर्दे कल्याण चोकका जनताको सेवा सुविधाको कल्याण गर्न आफु निर्भीक भएर अघि वढ्ने बताए ।

उनले स्थानीयले कल्याणेश्वर मन्दिर निर्माण गरेर मानव एकताको परिचय स्थापित गरेको भन्दै यहाँका स्थानीयको सामाजिक काम काजका लागि कोहि कसैले जग्गा दान गरे त्यसमा सामुदायीक भवन निर्माणमा आफु लागि पर्ने बताए । उनले भने, तपाई संग जग्गा छ भने त्यसमा निर्माणहुने सामुदायीक भवनको चिन्ता नगर्नुहोस म जग्गा तपाईहरु उपलव्ध गराउनुहोस सामुदायीक भवन म बनाउछु ।

पुराण आयोजक मुल समारोह समितिका अध्यक्ष देवीवहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा गोलोक गोवद्र्धन गौसालका अध्यक्ष आचार्य नन्दकिशोर भारद्धाजले सनातनी धर्मालम्वीहरुको आस्था र भरोसा मठ मन्दिर र धार्मीक कार्यक्रममा सरिक हुन थालेकाले मुलुक हिन्दु धर्म सापेक्ष हुनेमा दुईमत नहुने बताए । उनले भने, ‘नेपाल हिन्दु धर्म कायम भएको विश्वले हेर्न चाहेको छ, हिन्दुबादी विश्वका मुलुकले धर्म निरपेक्ष नेपाल चाहेकै छैनन् ।’

आयोजक समितिका प्रचार प्रसार समितिका संयोजक टेक नाथ सिवाकोटीले स्वागत गरेको कार्यक्रममा जग्गा दाता प्रेमकुमारी बस्नेतलाई प्रदेश सांसद मगरले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

सप्ताह महापुराणको उद्धघाटन पछि सयौको संख्याका स्थानीयले कलस सहितको सोभा यात्रा निकालेर गाउको परिक्रमा गरेका थिए । नौमतीबाजा सहितको शोभा यात्राले स्थानीय कल्याण चोक, निपत्रिया, लालझोडा लगायतका स्थानको परिक्रमा गरेको थियो । सप्ताह ज्ञान महायज्ञको प्रखर युवा पंडित आचार्य राजु गजुरेलले भागवतको व्याख्या गर्ने भएका छन । उनलाई अर्का युवा पंडित मदन मोहन अधिकारीले साथ दिने आयोजक समितिले जनाएको छ ।

यसैविच कल्याणेश्वर शिवालय मन्दिरमा आयोजित महापुराणको छैटौ दिन अर्थात माघ ४ गते भजन प्रतियोगिता हुने आयोजक समितिले जनाएको छ । शिवसताक्षी नगर भित्रका कीर्तन मण्डली विच भजन गायन को प्रतियोगिता हुने भएको हो । शिवसताक्षी नगरमा २ सय भन्दा वढी कीर्तन मण्डली रहेका छन । आयोजकले प्रत्येक दिन ज्ञान मञ्चका प्रश्नोत्तर कार्यक्रम पनि राखेको छ । धार्मीक लगायत अन्य प्रश्नको उत्तर दिने भक्तजनलाई आयोजकले पुरस्कृत गर्ने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here