विश्व हिन्दू महासंघका केन्द्रीय उपाध्यक्ष ओलीलाई पितृशोक

0
418

झापा,

विश्व हिन्दू महासंघका केन्द्रीय उपाध्यक्ष यज्ञप्रसाद ओलीलाई पितृ शोक परेको छ ।


ओलीका वुवा रामप्रसादको ८८ वर्षको उमेरमा निधन भएको छ । तेह्रथुमको आठराईमा जन्मिएका ओली केही वर्षयता झापाको राजगढमा बस्तै आएका थिए । ओली समाज सेवामा सक्रिय थिए ।

उनका सात छोरा र दुई छोरी रहेका छन् । श्रीमतीको यस अघि नै निधन भएको बताइएको छ ।
ओलीका सात छोरा वुहारीमा तारानाथ– शान्ता, ओमप्रकाश– शान्ता, देवी प्रसाद – कृष्ण कुमारी, लक्ष्मी – चन्द्रकला, यज्ञप्रसाद –देवी,देवकी, लोकप्रसाद – राममाया, र पृथ्वी नारायण ओली रहेका छन् । पृथ्वीनारायणकी श्रीमती जमुनादेवीको यस अघि नै निधन भएको छ ।
त्यस्तै दुई छोरीमा देवीमाया – कृष्णवहादुर सुब्बा र भीमा देवी – टंक भण्डारी रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here