सरकार असफल भएको डा.कोइरालाको आरोप

0
387

झापा,

नेपाली कांग्रेसका महामन्त्री डा.शसाङ्क कोइरालाले यो सरकार असफल भएको आरोप लगाउनु भएको छ ।

आज झापाको विर्तामोडमा नेपाल प्रेस युनियन झापा शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । मुलुकमा भ्रष्टचार,मूल्यवृिद्ध,अनियमितता जस्ता कुरा बढेको भन्दै दुई तिहाईको सरकार असफल भएको उहाँको भनाई छ ।

सरकारले रेल,पानीजहाज जस्ता कुराको सपना मात्र बाँढेको तर विकासका कुनै पनि कुरामा फड्को मार्न नसकेको उहाँको आरोप छ ।

कम्युनिष्ट सरकारले संविधानलाई समेत थिचोमिचो गरेको भन्दै उहाँले प्रेस जगतलाई स्वतन्त्र छोड्नु पर्नेमा जोड दिनु भयो । सरकारले ल्याएको सूचना प्रविधि विधेयकले प्रेस जगतलाई कुण्ठित पार्ने काम भएको भन्दै यसको विरोध समेत गर्नुभयो ।

महामन्त्री कोइरालाले पार्टी भित्रको तिक्तताकाकारण कांग्रेसपछि परेको भन्दै सबै मिलेर एक ढिक्का हुन सके कसैले हराउन नसक्ने धारणा राख्नु भयो । सभापति शेरबहादुर देउबासँग पार्टी तथा राष्ट्रको लागि कुनै सपना नभएको भन्दै उहाँले गुटको राजनीति त्याग्नु पर्नेमा जोड दिनुभयो ।–––

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here