झापा।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले सात हजार रुपैयाँ घुस सहित नापी कार्यालय वेलवारीका कर्मचारीलाई सोमवार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कार्यालयका अमिन दिनेशकुमार साह रहेका छन् । सोमवार दिउँसो वेलवारी १० का पदमवहादुर श्रेष्ठको जग्गा नापी गरी सिमाङ्कन गर्न गएका साह र नरवहादुर तामाङ पक्राउ परेका हुन् ।































