सात हजार घुस सहित अमिन पक्राउ

0
353

झापा।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले सात हजार रुपैयाँ घुस सहित नापी कार्यालय वेलवारीका कर्मचारीलाई सोमवार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कार्यालयका अमिन दिनेशकुमार साह रहेका छन् । सोमवार दिउँसो वेलवारी १० का पदमवहादुर श्रेष्ठको जग्गा नापी गरी सिमाङ्कन गर्न गएका साह र नरवहादुर तामाङ पक्राउ परेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here