नक्कली प्रहरी बनेर ठगी गरेको आरोपमा दुई पक्राउ

0
458

बिर्तामोड।

१ नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको व्यूरोका प्रहरी हौं भनि स्थानीय व्यापारीसंग छ हजार रुपैयाँ लिइरहेको अवस्थामा दुई जनालाई प्रहरीले रंगेहात पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गौरीगञ्ज गाउँपालिका – १ निवासी २८ वर्षीय पर्शुराम महत्तो र सोही गाउँपालिका – ३ निवासी २० वर्षीय जीवन दास रहेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय राजगढको प्रहरीको टोलीले नगदसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो ।

वाह्रदशी गाउँपालिका – ३ स्थित राजगढ बजारमा चकचकी निवासी व्यवसायी अरफाक आलमसंग रकम लिइरहेको अवस्थामा आज दिउँसो १२ वजे उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here